स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताले मधेशमा रोकेका थिए कोभिड—१९ बारेको भ्रम - Jaleshwortoday

Best free crypto casino apps iphone

  1. Bet Online Live Casinos: To add a cherry on top, youll also get to enjoy all this with additional free spins on each deposit you make.
  2. Deposit Via Phone Casino - The primary jackpot, as discussed earlier, is the largest payout you can win from a given slot game.
  3. Keno Slots Online Real Money Ireland: This does not detract from the fact that due to the sobriety of the rules it is considered a true classic and therefore for the same reason it is loved by many professionals.

Slot machine free no download

Newest Slot Games Uk
Let's get this out of the way right off the bat Thunder King looks great.
Slots Mobile
Just like many other Grace Media Limited companies, Jackpot Mobile meets the expectations of their fans and the demands of the industry, from their most trusted licenses to their incredible bonus and promotions.They also have a user-friendly website which is always a plus and have had no major complaints since it was founded in 2024.
Mustang Money 2 tries to capture the feeling of a more simple, classic slot machine in this five-reel, twenty payline online slot game from Ainsworth.

Arguments for gambling

Bonus Slot Machine
But only once you familiarize yourself with blackjack's mathematical underpinnings can you ever hope to play well enough to beat the house.
New No Deposit New Zealand Casinos
The high quality graphics of online casino software reveals the roulette wheel and its black and red numbered pokies on which you place your bet, whether on one number or a group of numbers, red or black, or evens or odds.
Free Casino Slots With Bonus New Zealand

स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताले मधेशमा रोकेका थिए कोभिड—१९ बारेको भ्रम

 १५ श्रावण २०८०, सोमबार २०:५५  

CVaccine_RakeshPC

—राकेशप्रसाद चौधरी
जलेश्वर प्रादेशिक अस्पतालको खोप केन्द्रमा कोभिड१९ बिरुद्धको भ्यासिन लगाउने काम स्थगित छ।मधेशको अन्य अस्पतालको खोप केन्द्रमा समेत भ्यासिन लिन आउन छोडेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९ बिरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) लिन बिशेष उमेरका ब्यक्तिलाई आग्रह गरेपनि सबैले भ्यासिन लिन चाहेनन्।
नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ८३.१ प्रतिशत छ।त्यसको पचास प्रतिशतले समेत अतिरिक्त मात्राको खोप लिएका छैनन। अर्थात ३२ प्रतिशत रहेको बीबीसी संचारमाध्यमले लेखेको छ।
जलेश्वर अस्पतालस्थित खोप केन्द्रकी स्वास्थ्यकर्मी कविता झाका अनुसार पूर्ण मात्रा खोप लिनेमध्ये केहीले मात्र बुस्टर डोज लिने गरेको बताइन्। थप बुस्टर डोज लिनेमा सेना, प्रहरी, स्वास्थ्यकर्मी मात्र थिए। अब थप मात्रा खोप नलिए पनि हुने धारणा बनिरहेको बताउँदै भनिन्,‘यस्तो धारणालाई तत्काल परिवर्तन गर्न खोपको ब्यबस्था, संचारमाध्यम र समूदायको बिशेष भूमिका छ।यसले विशेष उमेरका ब्यक्तिलाई भ्यासिन लिन प्रोत्साहित गर्नेछ।’ अहिले मधेश प्रदेशको अधिकांश अस्पतालमा कोरोनाभाइरस बिरुद्धको खोप उपलब्ध छैन।
कोभिड१९ महामारीको बेला समूदायमा दुई किसिमको ब्यक्ति, समूह बढी सक्रिय थिए। कोभिड १९ संक्रमितलाई उपचार, क्यारेन्टाइनमा वास, खाना व्यबस्थापन, खोपलगायतमा एउटा समूह सक्रिय थिए। सरकारी संयन्त्रबाहेकका युवा, संचारकर्मी, विभिन्न समूहहरूले सकरात्मक संदेश प्रवाह गर्न सकिएको थियो। अर्को समूहले समाजभित्र कोभिड१९ को सम्बन्धमा नकरात्मक र भ्रमपूर्ण संदेश प्रवाह गरिरहेका थिए, जसलाई सकरात्मक समूहले निरुत्साहित गर्ने काम गर्थे।
अस्पतालका तत्कालिन ब्यबस्थापन समिति अध्यक्ष सुरेश पाण्डे भन्छन्,‘क्वारेन्टाइन र उपचार सेवा शुरू गर्दा स्थानीय केही ब्यक्तिहरू डरको कारण अन्यत्र सार्न नाराबाजी गरेका थिए। अस्पताल नै घेर्न आएकालाई सम्झाउँदा उनीहरू आश्वास्त भएर घर फर्केका थिए ।’ क्वारेन्टाइन र संक्रमित उपचार केन्द्रको बिरोध गर्नेहरूको धारणा परिवर्तन गर्न स्थानीय रेडियो र समाजिक संजालको भूमिका प्रभावकारी रह्यो। उनी भन्छन्,‘अस्पतालका सहयोगी, स्वास्थ्यकर्मी र चिकित्सकलगायत सबैको सहयोगकै कारण कोभिड१९ महामारीबिरुद्ध लड्न सजिलो भएको थियो।’
कोभिड१९ महामारीको बेला संचारकर्मीहरू समेत डराएका थिए। घरबाट काम गर्न चाहन्थे। रेडियो रूद्राक्षकी प्रबन्धक उपासना तिवारी भन्छिन्,‘हामीले महामारीको बेला समेत रेडियोकै स्टुडियोबाट प्रत्यक्ष प्रशारण ग¥थ्यौं, कोभिड१९ बिरूद्धको भ्रम हटाउन कार्यक्रम चलाएका थियौं, कार्यक्रम निकै प्रभावकारी भएको थियो। रेडियो कार्यक्रम सुनेरै ग्रामिण क्षेत्रका स्थानीयले सत्यतथ्य सूचना र जानकारी प्राप्त गर्न सफल भएका थिए। केही युवाले संक्रमित र वहाँका परिवारलाई राहत सामग्री वितरण गर्ने अभियान नै चलाएका थिए।’
मधेश प्रदेशमा पूर्ण मात्रा खोप लगाउने ८०.१ प्रतिशत रहेको तथ्यांक प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ। त्यसमध्ये पहिलो बुस्टर र दोस्रो बुस्टर डोज लगाउनेको प्रतिशत क्रमशः २३.१ र २.४ छ।
राहुल कुमार सिंहले महामारीको बेला अग्रपंक्तिमा खटिएका थिए। क्वारेन्टाइनमा खट्नुपर्ने , भ्यासिन लगाउनुपर्नेलगायतको जिम्मेवारीका कारण उनी परिवारका सदस्यबाट टाढा बस्न रुचाउँथे। आफ्नै कारण कोही संक्रमित नहोस् भनेर पारिवारिक सदस्य भन्दा अलग रह्ने गर्थे। बिस्तारै सही सूचनामाथि पहुँच बढ्दै जाँदा कोरोनाको डर र भयले मुक्त भएका सिंह भन्छन्,‘क्वारेन्टाइन र अस्पतालमा काम गर्ने ब्यक्तिदेखि समूदायका अन्य मानिसले एक किसिमको घृणा नै गर्थे। कोभिड१९ बारेको भ्रमहरू हटेपछि स्वास्थ्यकर्मीसँग राम्रो ब्यबहार हुन थाल्यो।’ उनी जलेश्वर नगरपालिका वडा नम्बर १ को शहरी स्वास्थ्य क्लिनिकमा मात्र नभई अन्य वडा तथा राबिम क्याम्पसको क्वारेन्टाइनमा समेत खटिएका थिए।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को ३ जनवरीदेखि २०२३ को २६ जुलाईसम्ममा १० लाख ३ हजार ३ सय ८२ जना कोभिड१९ संक्रमित भएका थिए। जसमध्ये १२ हजार ३१ जनाको मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९ महामारीको बेला सूचना प्रवाह गरिरहेको वेवपेज निस्कृय बनाइसकेको छ। त्यस्तै मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड१९ सम्बन्धी वेवपेजमा दुईबर्ष पूराना सूचना मात्र छन्।
कोभिड१९ अन्तराष्ट्रिय चाँसोको जनस्वास्थ्य आपतकाल नरहेकोले परीक्षण रिपोर्ट तथा पूर्ण मात्रा खोप लिएको प्रमाण अन्तराष्ट्रिय यात्राका लागि आवश्यक नरहेको घोषणासँगै खोपप्रतिको चाँसो समेत घटेको छ। विश्व स्वास्थ्य संगठनले मे ५, २०२३ मा पठाएको पत्र अनुसार नेपाल सरकार(सचिवस्तर) निर्णयबाट जून ७ देखि बाध्यतात्म अवस्था हटाइएको छ। स्वेच्छिक रूपमा मास्क लगाउन सकिने ब्यबस्था कायमै छ।
मधेश प्रदेशबाट धेरै श्रमिकहरू बैदेशिक रोजगारको क्रममा विभिन्न देशमा जानुपर्ने बाध्यताका कारण समेत कोभिड१९ खोपप्रति सकरात्मक धारणा बनेको जलेश्वरका युवा अभियानी राजेशकुमार रामले बताए।
धेरैले आनाकानी गरिरहेको बेला आफूले समूदायलाई सकरात्मक सन्देश दिन कोभिड१९ बिरुद्धको खोप बितरण शुरु भएको पहिलो दिनमै लगाएको सम्झना पत्रकार दशरथ भण्डारीले साझा गरे। चार दशकदेखि पत्रकारिता गरिरहेका भण्डारीले खोप लगाएपछि धेरैले अनुसरण गरेका थिए। युवा अभियानी एवम् इन्जिनियर बिजय साह भन्छन्,‘कोही अगाडी नआएको बेला युवाहरुले चन्दा संकलन गरेर भारतबाट फर्केका स्थानीय श्रमिकहरूलाई क्वारेन्टाइनको ब्यबस्था गरेका थियौं । त्यसपछि स्थानीय सरोकारवालाको चासो बढेको थियो।’ स्थानीय सरोकारवालाबाहेक युएनसँग सम्बन्धित विभिन्न दातृ निकायले जनचेतना कार्यक्रम, राहत बितरण, स्वास्थ्य सामग्री बितरणसहितका काम गरेका थिए।
“दुईबर्ष अगाडि म कोरोना संक्रमित भएको थिए। मलाई कमजोरी महसुस भइरहेको थियो। घरबाट निस्कने हिम्मत भइरहेको थिएन्। अस्पतालसम्म पुग्न कुनै सवारीसाधनको सुविधा थिएन्। कोभिड१९को भयले त्यति धेरै सार्वजनिक सवारीसाधन पनि चलेको थिएन। भिठामोरतर्फबाट एउटा ई–रिक्सा आएको देखेपछि रोकेर अस्पताल पु¥याउन भनेपछि उसले कुनै सवालजवाफ गरेन्। जलेश्वर अस्पतालमा कोभिड१९ जाँच गराएपछि पोजेटिभ नतिजा आयो। छानाबाट खसे झैं भयो। क्वारेन्टाइनमा बस्नुपर्नेभयो। त्यहाँ बसेपछि दुईजना स्वास्थ्यकर्मी महिलाको सेवाभाव देखेर म अत्यन्त प्रभावित भए। घरपरिवारको सदस्यले समेत बिरामीप्रति त्यति संवेदनशिल हुँदैनन्। तर ती स्वास्थ्यकर्मीहरू मेरो लागि देवताजस्तै भयो। अस्पतालमा पुगेको संक्रमित जिउँदो घर फर्किन्न भन्ने भाष्य गलत रहेछ भन्ने कुरा मैले थाहा पाँए। धेरै संक्रमितहरू स्वास्थ्यकर्मीको व्यवहारले स्वस्थ घर फर्किएका थिए।” ५२ बर्षीय वलवीर गुप्ता पूराना दिन सम्झदैं भन्छन्,‘ती स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्ने इच्छा थियो तर कहिल्यै भेट नै भएन्।’
सर्लाही जिल्लामा पूर्ण मात्रा खोप लगाउनेको प्रतिशत ९४.७ छ। पहिलो र दोस्रो अतिरिक्त मात्रा खोप लगाएकाहरुको प्रतिशत क्रमशः ३१.८ र ५.२ छ। मधेश प्रदेशमा सबैभन्दा बढी कोभिड१९ बिरूद्धको खोप लगाउने सर्लाही जिल्लामा रहेको तथ्यांकबाट प्रष्ट हुन्छ। स्थानीय सतिश साह भन्छन्,‘बैदेशिक रोजगारीमा जाने, विद्यार्थीहरू पठनपाठनका लागि आवतजावत गर्ने र भारतीय क्षेत्रमा ओहरदोहर गर्ने भएकोले यहाँका स्थानीय कोभिड१९ महामारीबाट निकै सचेत थिए। यहाँका बासिन्दाले खोप लिन आनाकानी गरेनन्। यसमा समूदायका अगुवा र संचारकर्मीको भूमिका सराहनीय छ।’ नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार सन् २०२१÷२२ मा बैदेशिक रोजगारमा जाने ३ लाख ४८ हजार ८ सय ६७ जनामध्ये ३९.२ प्रतिशत जनशक्ति १० जिल्लाबाट मात्रै थिए। जसमध्ये मधेश प्रदेशकै धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरी र रौतहटको हिस्सा २६ प्रतिशत थियो।अर्थात नेपालबाट बैदेशिक रोजगारमा जाने जनशक्तिमध्ये एकचौथाई भन्दा बढी मधेश प्रदेशबाट गएका थिए। अन्य प्रदेशको झापा, मोरंग, सुनसरी र रुपन्देहीबाट १३.२ प्रतिशत जनशक्ति रोजगारीमा गएका थिए।
महामारीको समयमा छापा संचारमाध्यमहरू बन्द हुँदा रेडियो, टेलिभिजन, अनलाइन र बुलेटिनहरूको भूमिका प्रभावकारी थियो। कोरोना महामारीको समयमा स्थानीय पालिका पदाधिकारी एवम् अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज, सत्यतथ्य जाँच, महामारीमा भइरहेको खर्चसहितको विषय सिभिक एक्सन टिम्सले आफ्नो अनलाइन साप्ताहिक बुलेटिनमा प्रकाशित गरेको थियो। अंग्रेजी र नेपाली भाषासँगै मधेश प्रदेशको स्थानीय भाषा मैथिलीमा बुलेटिन प्रकाशित भएपछि स्थानीय सत्यतथ्य बुझ्न सजिलो भएको थियो। पत्रकार नागेन्द्र कर्ण भन्छन्,‘महामारीको समयमा अस्पतालका कर्मचारीहरुले गरेको मेहनत, कोरोना महामारीको वचावको उपाय तथा बिरामीहरुसंग गर्नेगरेको व्यवहारबारे फोटो सहित नेपाली, अंगे्रजी र मैथिली भाषामा इन्टरनेटमार्फत पढ्न पाउँदा सुशी लाग्थ्यो ।’
“पहिलो र दोश्रो मात्राको खोप लिईसक्दा समेत घरमा तीनजना पोजेटिभ भयौं। महामारीमै बेला नातामा भाउजु पर्नेलाई गुमाउनु पर्यो। चिनजानका र नातागोताका मासिनहरुको समेत मृत्यु भएको खबरले तनाब भएको थियो। परिवारका सदस्यहरू संक्रमित भएकै समयमा आप्mनै भाउजुलाई प्रसुती ब्यथाले च्यापेको थियो। प्रसुती सेवाको लागि अस्पतालसम्म पु¥याउने कोही थिएन। छिमेकी र आफन्तहरूले सहयोग गरेकै कारण अस्पतालमा आमा र बच्चा ज्यान जोगियो। भाउजु संक्रमति नरहेपनि अस्पतालमा केही समस्या पो हुने हो की भन्ने डर अन्त्यमा हराएको थियो।” महामारी बेलाको सम्झना गर्दै कर्ण भन्छन्,‘जलेश्वर अस्पतालमा सय शैयाको कोभिड१९ अस्पतालमा परिणत भएको थियो। कोरोना संक्रमण मुक्त भएपनि स्थानीय भएकोले आइसोलेसन बार्डमा बिरामीलाई समानहरू पु¥याउन छोडेको थिएन।’
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय छ । खोपको पूर्ण मात्रा लिनेहरूको प्रतिशत सप्तरी, सिरहा र धनुषामा क्रमशः ७८.४, ७३.५ र ७४.६ छ । त्यस्तै रौतहट, बारा र पर्सा जिल्लामा क्रमशः ७९.७, ७९.६ र ८२.८ प्रतिशतले खोपको पूर्ण मात्रा लिइसकेका छन् ।
स्वास्थ्यकर्मी झा भन्छिन्,‘बैदेशिक रोजगारीमा जानेहरूले अमेरिकामा उत्पादित जोनसन एण्ड जोनसन खोप लिने गरेका थिए । त्यही अन्यले भारतमा उत्पादित कोभीशिल्ड(अस्ट्राजेनेका, चीनमा उत्पादित भेरोसेल(सिनोफार्म) लिएका थिए।’ सन् २०२२ को अन्तिम सम्ममा नेपालमा प्रयोग गर्न सकिने गरि ९ किसिमको खोपले मान्यता पाएको देखिन्छ ।
कोभिड१९ को महामारीबाट स्थानीयलाई जोगाउन क्वारेन्टाइन, उद्धार, होल्डिंग सेन्टर, औषधी उपचार, एम्बुलेन्स सेवा, खाधान्न बितरण,जनचेतना, खोप ब्यबस्थापनलगायतको गतिविधि र कार्यक्रममा कोरोना महामारीको बेला मधेश प्रदेशका पालिकाहरूको अधिकांश बजेट खर्च भएको महालेखापरीक्षकको प्रतिवेदनबाट पुष्टि हुन्छ।