छिमेकी राष्ट्र भारतलाई बधाई - Jaleshwortoday

Sydney online roulette

  1. Jungliwin Casino 100 Free Spins Bonus 2025: Let's have a closer look at Australian Roulette in order to understand how to play it and whether it can be the best choice for you.
  2. Eynatten Casino Review And Free Chips Bonus - Euro Lotto Casino do not engage an affiliate program, giving one less avenue of communication if player complaints come in.
  3. Casino Games Real Australia: Additionally, there is a way to play lottery online of sorts with the Australia lotteries - its not as straightforward as simply picking your numbers and buying tickets online, but its pretty close.

Top paypal real money online cryptocurrency casinos

Maribor Casino No Deposit Bonus Codes For Free Spins 2025
Then, use these details when you visit the site.
Afriplay Casino No Deposit Bonus 100 Free Spins
In addition, payouts can be slow compared to other casinos which can be a frustrating experience for many players.
This is the main bonus feature of the Dead Mans Trail online pokie, and it plays out across a line of tiles in an island setting.

No deposit cryptocurrency casino real money

Online Casino Games Bonus
However, they lack a license by a legitimate governing body.
Happy Luck Casino No Deposit Bonus 100 Free Spins
Big Thunder pokies Casino players can complete big tasks to unlock big trophies.
7reels Casino Review And Free Chips Bonus

छिमेकी राष्ट्र भारतलाई बधाई

 ७ भाद्र २०८०, बिहीबार २१:१८  
Pavan Personal Photo

प्रा.पवन कुमार साह

भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार बुधबार बेलुका ६ बजे र १९ मिनेटमा चन्द्रमामा चन्द्रयान–३ ९इसरो०ले एक महिनाअघि यानलाई भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान सफल अवतरण गराएर भारतले इतिहास रचेको छ । चन्द्रयान–३ को ल्यान्डर मोड्युल ९एलएम० चन्द्रमाको सतहमा सफलतापूर्वक उत्रिएको छ। पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भारत विश्वको पहिलो देश बनेको छ। केही दिनअघि रुसले पठाएको लुना–२५ अवतरणका क्रममा दक्षिणी ध्रुवमा दुर्घटना भएको थियो। यो मिसन सफल भएसँगै भारत चन्द्रमाको सतहमा पुग्ने संसारकै चौथो र दक्षिणी ध्रुवमा पुग्ने पहिलो मुलुक बनेको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म अन्वेषण हुन सकेको छैन। यसअघि अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको उत्तरी ध्रुवमा यान पठाएका थिए। एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको अन्तरिक्षयानलाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो। चन्द्रयान–३ को एउटा मुख्य उद्देश्य त्यहाँ बरफको खोजी गर्नु पनि हुनेछ । पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिक बताउँछन्।पृथ्वीदेखि चन्द्रमाको दूरी करिब ३ लाख ८४ हजार ४०३ किलोमिटर छ। तर, चन्द्रयान ३ सिधै नगई पृथ्वी र चन्द्रमाको परिक्रमा गर्दै करोडौं किलोमिटर दूरी पार गरेर ४८ दिनमा पुगेको हो। पृथ्वीमा २४ घण्टा बराबर १ दिन हुन्छ। पृथ्वीमा १४ दिन हुँदा चन्द्रमामा चाहिँ एक रात हुन्छ। अरू १४ दिन हुँदा चन्द्रमामा एक दिनको दिउँसो बित्दछ। अर्थात् त्यहाँ १ दिन १ रात हुन् पूरा यहाँको २८ दिन लाग्दछ।
नेपाल कहिल्यै पनि कसैको सामुने नझुक्ने तथा गोरखा सेनाको शक्तिशाली पराक्रमले चिनिने देश अहिले विभिन्न आन्तरिक समस्याहरुमा हराएको देखिन्छ । विश्व अहिले आन्तरिक कलहबाट बाहिर निस्की ज्ञान तथा विज्ञानको क्षेत्रमा फड्को मारिरहेको बखत नेपालले पनि यसको अनुकरण गरी अगाडी बढ्न आवश्यक देखिन्छ ।
चन्द्रयान ३ को सफल प्रक्षेपणले विश्वको सामु भारतले नयाँ किर्ति कायम गर्न सफल भएको छ । भारतलाई अहिले विभिन्न देशहरुको बधाईको ओइरो लागेको छ । वास्तवमा यो क्षण भारतको बैज्ञानिकहरुको प्रयास र लगनको परिचयको क्षण हो । यसले समग्र्र भारतबासीलाई प्रतिष्ठीत तथा सम्मानित बनाएको छ । यस खुशीको क्षणमा भारतलाई हार्दिक बधाई दिनुका साथै सूर्ययानको सफल प्रक्षेपणको पनि अग्रिम शुभकामना व्यक्त गर्दछौं ।