इजरायलमा नेपालीको मृत्यु भएको शोकमा भोलि राष्ट्रिय शोक मनाइने – Jaleshwortoday

इजरायलमा नेपालीको मृत्यु भएको शोकमा भोलि राष्ट्रिय शोक मनाइने

 October 9, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ असोज

सरकारले इजरायलमा नेपालीहरूको मृत्यु भएको शोकमा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।