कंगनाले पद्मश्री अवार्ड फिर्ता गर्ने बयानमा आक्रमण – Jaleshwortoday

कंगनाले पद्मश्री अवार्ड फिर्ता गर्ने बयानमा आक्रमण

 October 8, 2020  
swara

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ आश्विन

एम्सका डाक्टरले आफ्नो रिपोर्टमा सुशान्त सिंह राजपूतको हत्या भएको अस्विकार गर्दै उनले आत्महत्या गरेको जानकारी दिएका छन् ।
यस विषयमा सोसल मिडियामा पुनः बहस सुरु भएको छ । यसैबीच स्वरा भास्करले कंगनामाथि कटाक्ष गरेकी छिन् । यस्तै ट्वीटरमा ३प्बलनबलबब्धबचमध्बउबकप्बच ट्रेन्ड भइरहेको छ । स्मरण रहोस्, कंगनाले केही दिन अघि अन्तरवार्तामा यदि उनी सुशातको मृत्युमाथि आफ्नो दाबी प्रमाणित गर्न फेल भएको अण्डमा उनी आफ्नो पद्मश्री अवार्ड फिर्ता गरिदिने बताएकी थिइन् । यतिमात्रै होइन, कंगनाले बलिउडको ‘नेपोटिजम ग्याङ्ग’ माथि मज्जाले निशाना साँधेकी छिन् र उनले सुशान्तलाई मारिएको बताएकी थिइन् । स्वराले कंगनाको नाम नलिइकनै उनीमाथि कटाक्ष गर्दै लेखेकी छिन्, ‘अब त दुबै सिबिआई र एम्सले निष्कर्ष निकालेका छन् कि सुशान्तको मृत्यु हत्या नभई आत्महत्याका कारण भएको हो । कसैले सरकारले प्रदान गरेको पुरस्कार फिर्ता दिन्छु भनेका थिएनन् र ?’