स्वास्थ्य कार्यालयलाई व्यवस्थित गर – Jaleshwortoday

स्वास्थ्य कार्यालयलाई व्यवस्थित गर

 November 18, 2021  
Education

नेपालको स्थानिय निकायहरु अन्तर्गतका केहि स्वास्थ्य कार्यालयहरुका अवस्था दयनिय देखिएका छन् । लाखौको स्वास्थ्य सामाग्रीहरु खरिद गरिए पनि सामान्य रोगको औषधीहरु स्थानिय सर्वसाधारणहरुले नपाउनु ज्यादै नै चिन्ताको विषय भएको देखिन्छ । केहि स्वास्थ्य कार्यालयहरुमा चिकित्सक तथा अन्य स्वास्थ्य कर्मचारीहरुको समेत दरबन्दी भए पनि नियुक्ति नभएको तथा पालिकाहरुले कर्मचारी भर्ना गर्न नसकेको कारण स्थानिय जनसमुदायको स्वास्थ्य अवस्था बिग्र्रिएको तथा बाहिर जान बाध्य भएका छन् । नेपाल सरकारले सिंहदरबार जनसमुदायको घरदैलोमा पुर्याए पनि स्वास्थ्य सेवा नपाउनु ज्यादै नै नराम्रो देखिन्छ । यसको सम्पूर्ण जिम्मेबारी सम्बन्धित पालिका प्रमुखले लिनुपर्ने देखिन्छ । पालिका प्रमुखले प्रत्येक वर्ष स्वास्थ्य सामाग्रीहरु खरिद गर्न बजेट छुुट्टयाएका हुन्छन् । साथै नपुग स्वास्थ्य कर्मचारी समेत भर्ना गर्न अधिकार पाएका हुन्छन् । सो बमोजिम पालिका अन्तर्गतको स्वास्थ्य शाखाले सम्बन्धित स्वास्थ्य चौकी तथा उपचौकीहरुमा समेत सो स्वास्थ्य सामाग्रीहरु समानुपातिक रुपमा बाँडफाँड गरी वितरण तथा जिम्मा लगाउनुपर्छ । यसको कार्यान्वयन भया वा भएन हेर्न तथा अनुगमनको लागि प्रमुख प्रशासकिय अधिकृत तथा पालिका प्रमुखले जिम्मेबारी बहन गरी तुरुन्त समस्या समाधान गराउनुपर्छ ।