पुस्तक लोकार्पण आउ सम्मान समारोह समापन भेल – Jaleshwortoday

पुस्तक लोकार्पण आउ सम्मान समारोह समापन भेल

 July 2, 2026  
11

सोनी साह
गौशाला, १७ असार

पुस्तक लोकार्पण तथा सम्मान समारोह महोत्तरीको गौशालामा समपन्न भएको छ । महोत्तरीको गौशाला नगरपालिकाको सभा हाँलमा भाषा आयोग,शंखमुख,काठमाडौं र मगही अन्तर्राष्ट्रिय परिषद काठमाडौको अध्यक्ष डा.वीर बहादुर महतोद्वारा आयोजित पुस्तक बिमोचन कार्यक्रममा गौशाला नगरपालिका नगर प्रमुख तथा प्रमुख अतिथि डा.दीपेन्द्र महतोद्वारा जलेश्वर टुडे दैनिकको प्रकाशक तथा सम्पादक प्रा.पवन कुमार साह सहित दर्जनौं व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय मगही शिखर सम्मानले सम्मानित गरेका छन् । सो कार्यक्रममा डा. वीर बहादुर महतोद्वारा लिखित ३ वटा किताबहरु बिमोचन गरिएका थिए । सो कार्यक्रममा विभिन्न क्षेत्रका स्रष्टाहरु सम्मानित भएका थिए । कार्यक्रममा विशिष्ट अतिथि पुर्व मन्त्री लक्ष्मी महतो, पुर्व गृहमन्त्री भरत प्रसाद साह,बाबा आलोक,पुर्व डेनमार्क राजदुत राम स्वार्थ राय ,मधेस प्रज्ञा प्रतिश्ठानको अध्यक्ष राम भरोस कापरि भ्रम्रर, गौशाला न.पा. प्र. प्र. अधिकृत ओम बहादुर अधिकारी, ने स पा को केन्द्रिय अध्यक्ष र ओबोसी अभियानी रामकुमार महतो र भरत प्रसाद महतो,कवि, पत्रकार , बुद्धिजीवी , विद्यार्थी,समाजसेवी,गुरुवर्गको बाक्लो उपस्थित रहेको थियोे । मगही भाषामा लिखित किताबलाई गौशाला नगरपालिकाभित्र विद्यालयमा लागु गरिने नगर प्रमुख महतोले बताए ।