सोमपालले क्यानडाको फ्लावर सिटी लिग खेल्ने – Jaleshwortoday

सोमपालले क्यानडाको फ्लावर सिटी लिग खेल्ने

 March 11, 2023  
cc

जलेश्वरटुडे समाचारदाता
काठमाडौं २७ फाल्गुण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ खेल्ने भएका छन् । तीव्र गतिका बलर कामीलाई लिगमा ओटावा फाल्कोनले अनुबन्धन गरेको हो । वेस्ट इण्डिजका खेलाडी चाडविक वाल्टन लगायतका खेलाडी सो क्लबमा आबद्ध रहेका छन् । फल्कोनसहित टोरन्टो लायन्स, वाटरलोड किंग्स, ह्यामील्टन वन्डर्स, मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्ससहित ६ टोली अबद्ध लिग आगामी जुनमा आयोजना हुनेछ ।