" >
उपेन्द्र यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र - Jaleshwortoday

उपेन्द्र यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र

 १३ बैशाख २०८०, बुधबार ००:३७  
vv

जलेश्वरटुडे समाचारदाता
बारा, १२ बैशाख

बारा २ को मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

मंगलबार साँझ प्राप्त मत परिणाम अनुसार जसपाका यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका कुशवाहाले १५ हजार ४५८ मत पाएका छन् ।

दुबैजनाबीचको मतान्तर ३ हजार ३५० छ ।

मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

यस्तै, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।