जलेश्वर नगरपालिका १३ औं नगरसभा सम्पन्न , ६९करोड ८१ लाख ९२ हजार बराबरको बजेट प्रस्तुत – Jaleshwortoday

जलेश्वर नगरपालिका १३ औं नगरसभा सम्पन्न , ६९करोड ८१ लाख ९२ हजार बराबरको बजेट प्रस्तुत

 July 2, 2024  
2

गणेश कुमार सिंह

महोत्तरी ,१७ आषाढ

महाेत्तरीकाे जलेश्वर नगरपालिका १३ औं नगरसभा मा ६९ करोड ८१ लाख ९२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । सोमबार महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा पहिलो पट्क भव्य कार्यक्रमकाे आयोजना गरि १३ औं नगरसभाबाट पालिकाले ६९ करोड ८१ लाख ९२ हजार ५ सय बराबर बजेट सार्वजनिक गरेको छन् ।

जलेश्वर नगरपालिका वडा नं ९का वडा अध्यक्ष एँम कार्यवाहक मेयर यादवले निति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै अबको बजेट कृषिमा आत्म निर्भरता ,पूर्वधार निर्माण ,सामाजिक सुरक्षामा सहज पहुँच ,संचस्र तथा प्रविधि ,उद्यमशिलता विकास र आन्तरिक रोजगारी अभिवृद्धि ,गरीबी न्यूनीकरण ,दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभुति, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता राखेर नै बजेट विनियोजन गरेको बताएका थिए ।

नगरपालिकाले ल्यायोकाे अनुमानित बजेट संघीय सरकारबाट प्राप्त हुने अनुदान जम्मा ६१ करोड ६९ लाख ४७ हजार ५ सय र प्रदेश सरकारबाट ३१ करोड २४ लाख ५ हजार मात्र ,कुल जम्मा ६९ करोड ८१ लाख ९२ हजार ५ सय बजेट सार्वजनिक गरेको छ । सो कार्यक्रममा स्वागत मन्तव्य कार्यवाहक नगर प्रमुख रविन्द्र यादव राख्दै स्वागत गरेका थिए ।

सो कार्यक्रममा जलेश्वर नगरपालिका १२ वटाका वडाध्यक्ष ,आम नागरिक ,युवाहरू,विभिन्न पार्टीका कार्यकर्ता ,संचारकर्मी ,सुरक्षा निकाई,नगरपालिकाका सम्पुर्ण कर्मचारीहरु नगर प्रहरी लगायत सो कार्यक्रम सदा खातुन को अध्यक्षतामा संचालन भएको थियो ।