गर्भावस्थाको तेस्रो महिना कस्तो हुन्छ - Jaleshwortoday

Best free slot sites

  1. New No Deposit Bingo And Slots: Since the element of wasting time on creating an account is omitted, you can easily play for real money whenever you feel like it, and instantly cash out your winnings afterward.
  2. Real Slots Games Canada - The RTP in the game is above 95%, so every player can count on generous payouts.
  3. Og Casino Login App Sign Up: Of course, APT offers a variety of tools to help you prepare for the 2024 WSOP.

Treasure island cryptocurrency casino red wing au

Online Casino Top Ten
Designed to cater to the needs and whims of the most active players, it is open to members with higher loyalty levels.
No Deposit Bonus Video Slots
Sometimes you don't have to have big and complicated mechanics in order to have fun.
The platform has a simple and elegant design.

Crypto Casino net program

Canada Casino Slots Online
EuSlot Casino offers multiple online banking options that will come in handy when making deposits.
Weplayers Casino No Deposit Bonus 100 Free Spins
This will work more times than not, and it can put you in the winning position right from the get-go.
All Things To Scope Out In The Casino

गर्भावस्थाको तेस्रो महिना कस्तो हुन्छ

 २३ कार्तिक २०८१, शुक्रबार २०:३४  
3

जलेश्वरटुडे समाचारदाता
काठमाडौं ,२३ कात्तिक

गर्भावस्थाको तेस्रो महिना पुग्यो रु यदि त्यसको नजिक हुनहुन्छ भने यो महिनामा के के परिवर्तन हुन्छ रु कस्तो सावधानी अपनाउने रु जान्नु आवश्यक छ ।

गर्भावस्थाको नौ महिनालाई तीन भागमा विभाजन गरिएको छ । पहिलो तीन महिनालाई पहिलो त्रैमासिक, त्यसपछिको तीन महिनालाई दोस्रो त्रैमासिक र अन्तिम तीन महिनालाई तेस्रो त्रैमासिक भनिन्छ ।

पहिलो तेस्रो महिनासम्म पुग्नु भनेको पहिलो त्रैमासिकको अन्त्यसम्म पुग्नु हो । यो महिनामा पुग्दा महिलामा केही लक्षण पहिलाकै बसिरहेको हुन्छ र केही नयाँ लक्षण थपिन्छन् । यो समयमा वाकवाक हुने समस्या कम हुँदै गएको पनि हुनसक्छ ।

यति बेला भ्रूण पनि पहिलेको भन्दा परिपक्व र तीव्र रूपमा विकास भइरहेको हुन्छ ।

के कस्ता लक्षण देखिन्छ

योनीस्राव ९भजाइनल डिस्चार्ज० – शरीरमा बढ्दो रगतको आपूर्ति र हर्मोनल परिवर्तनले योनीस्राव गराउन सक्छ । जुन हेर्दा सेतो र गन्धहीन हुन्छ । यस्तो समस्या भए सुतीको पेन्टी लगाउनुपर्छ ।

बिहान वाकवाक लाग्ने – गर्भावस्थाको तेस्रो महिनामा पनि केही महिलालाई बिहानीपख वाकवाकी लाग्न सक्छ ।

थकान – हर्मोनल परिवर्तनका कारण शरीरमा थकान महसुस हुनसक्छ । त्यसैले यो समय सामान्य अवस्थाको भन्दा बढी आराम चाहिन्छ ।

बारम्बार पिसाब लाग्नु – बढ्न थालेको पाठेघरले पिसाबथैलीमा दबाब दिन्छ । जसकारण पिसाब लागिरहेको अनुभव हुन्छ ।

मुड परिवर्तन – हर्मोनल उतारचढावले मुड परिवर्तन, चिडचिडापन हुनसक्छ ।

खानाको लालसा र घृणा – यो महिनामा पनि गर्भवती महिलाले केही खानेकुराहरूको तीव्र लालसा हुनसक्छ । कसैलाई भने पहिले मनपर्ने खानेकुराप्रति घृणा अनुभव गर्न सक्छन् ।

कब्जियत – हर्मोनल परिवर्तन र बढ्दो पाठेघरको दबाबले पाचनलाई क्षमता सुस्त गराउँछ । जसले कब्जियत गराउँछ ।

हरेक महिलाको गर्भावस्थाको अनुभव फरक हुनसक्छ । केही महिलाले तेस्रो महिनामा गर्भावस्थाका लक्षण अनुभव नगर्न सक्छन् ।

यदि गर्भावस्थाको बारेमा चिन्तित वा गम्भीर लक्षणहरू देखिएको अनुभव हुन्छ भने चिकित्सकलाई भन्न हिच्किचाउनु हुँदैन ।

आमामा देखिने शारीरिक परिवर्तन

– यो समयमा स्तनको छाला गाढा हुन थाल्छ । किनकि तीन महिनाको अवधिमा मेलानिन हर्मोन बढ्छ । पेटमा पनि स्ट्रेच मार्क गाढा रङ देख्न सकिन्छ । यसको मतलब पेटको आकार बढ्दै छ भन्ने हो ।

– तीन महिनामा स्तनको आकारमा पनि वृद्धि हुन थाल्छ । स्तनको टुप्पो ९निप्पल० गाढा हुँदै बाहिर आउँछ । स्तनमा दूध उत्पादन हुन सुरु हुन्छ ।

– गर्भाशयको आकार र शरीरकै वजन बढ्न थाल्छ । तर मर्निङ सिकनेस भएको महिलाको तौल कम पनि हुनसक्छ ।

बच्चाको अवस्था कस्तो हुन्छ 

अंगहरू बन्ने स् तेस्रो महिनाको अन्त्यसम्ममा मुटु, फोक्सो, कलेजो, मिर्गौला र पाचन प्रणाली लगायतका मुख्य अंगहरू र शरीरका प्रणालीहरू बन्छन् ।

खुट्टाको विकास स् बच्चाको खुट्टा बढ्दै र लम्बिने क्रम जारी रहन्छ । औंला र नङहरू बन्न थाल्छन् ।

अनुहार स् बच्चाको अनुहारका अंगले रुप रेखा लिन्छन् ।

प्रजनन अंग स् तेस्रो महिनाको अन्त्यमा बच्चाको प्रजनन अंग बन्न थाल्छ । जसकारण यो अवधिसम्म अल्ट्रासाउन्ड मार्फत लिङ्ग पहिचान गर्न सकिन्छ ।

मांसपेशी विकास स् मांसपेशीहरुको विकास र हलचल यो महिनाबाट सुरु हुन्छ । तर आमाले महसुस गर्न भने अझै केही महिना कुर्नुपर्छ ।

स्नायु प्रणालीको विकास स् बच्चाको मस्तिष्क द्रुत गतिमा विकास हुन थाल्छ ।

यो क्रममा बच्चा दुई इन्च लामो हुन्छ ।

तेस्रो महिनामा कस्तो खानपान 

गर्भावस्थाको तेस्रो महिनामा फलफूल, हरियो सागपात, ड्राइफ्रुट, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछा मासु खान सकिन्छ । यी सबै खानेकुरा कति खाने रु भन्ने कुरा चिकित्सकले सुझाउँछन् ।

खानेकुरा भने दिनको चारदेखि पाँच पटक मात्रा मिलाएर खानुपर्छ । बजारीया खानेकुरा र पेय सकेसम्म खानु हुँदैन । जबर्जस्ती टन्न र एकदमै कम पनि खानु हुँदैन । त्यस्तै, चिकित्सकले खान दिएको फोलिक एसिड अनिवार्य खानैपर्छ ।

स्वास्थ्य परीक्षणमा के गराउने

तेस्रो महिनामा केही स्वास्थ्य परीक्षण चिकित्सकले सुझाउन सक्छन् ।

– हेमोग्लोबिन, ब्लड सुगर, हेपाटाइटिस बी, एचआईभी र थाइराइड परीक्षण हुनसक्छ ।

– महिलाको स्वास्थ्य अवस्थाको आधारमा जेनेटिक्स टेस्ट हुनसक्छ । जसबाट बच्चामा के कस्तो जटिलता छ कि भनेर हेरिन्छ ।

– चिकित्सकले स्क्रिन टेस्टको फाइदा र जोखिमबारे परामर्श दिन्छन् । जसमा न्युकल ट्रान्स्ल्यसुसेन्सी टेस्ट, सेल फ्री डीएनए टेस्ट, कोरियोनिक भिलस स्याम्पलिङ पर्छन् ।

– यो समय शिशुको धड्कन पनि सुन्न सकिन्छ ।

– शरीर सुन्निएको छ भने वाटर रिटेन्सन टेस्ट गराउनुपर्ने हुनसक्छ ।

– यो बेला कस्तो व्यायाम गर्ने भन्ने सल्लाह लिन सकिन्छ ।

– यो समयमा बच्चाले पनि सुन्न सक्ने हुँदा सङ्गीत बजाउन र मिलेर सुन्न सकिन्छ । भनिन्छ, यसले सन्तानमा सकारात्मक उर्जा प्रदान गर्छ ।

सावधानी

– बोलाएको बेलामा चिकित्सकलाई भेट्ने ।

– काँचो र दूषित खानेकुरा नखाने ।

– सरसफाइमा ध्यान दिने ।

– दैनिक पर्याप्त मात्रामा झोलिलो खानेकुरा र पानी पिउने ।

– मध्यम खालको व्यायाम गर्ने ।

– पर्याप्त आराम लिने र रातमा ८ घण्टा सुत्ने ।

– धुम्रपान, रक्सी र लागूपदार्थबाट टाढा रहने ।

– तनाव कम गर्ने वा सो व्यवस्थापन गर्ने तरिका खोज्ने ।

– विषाक्त पदार्थ जस्तै रसायनहरू, प्रदूषक तत्वबाट बच्ने र जथाभावी औषधि नखाने ।

– लामो दूरीको यात्रा नगर्ने ।

– मोटरबाइकमा सडक अवरुद्ध भएको ठाँउमा यात्रा गर्नु हुँदैन ।

– गर्भावस्थाको दौरान महिलाले स्वास्थ्यको निकै ख्याल राख्नुपर्छ ।

स्वस्थ आहार, तनावरहित वातावरणमा रहने, सकारात्मक सोच राख्ने र हल्का खालका शारीरिक व्यायाम पनि गर्नुपर्छ । यसबाहेक छुटाउन नहुने भनेको स्वास्थ्य परीक्षण पनि हो ।