" >
एकडारामा स्थानिय बिपद ब्यवस्थापन सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम समपन्न - Jaleshwortoday

एकडारामा स्थानिय बिपद ब्यवस्थापन सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम समपन्न

 ३० माघ २०८१, बुधबार २१:५१  
1

आरजे ईर्शाद
महोत्तरी, ३० माघ

एकडारामा स्थानिय बिपद ब्यवस्थापन सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम भएको छ । महोत्तरी जिल्ला एकडारा गाउँ पालिका २ स्थित रहेको गाउँ पालिकाको कार्यालयमा पालिकाद्वारा आयोजित २०८१/०८२ को स्थानिय बिपद ब्यवस्थापन सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा उपस्थित स्थानियहरुले भोगेका दु:खद परिस्थितिहरु, अनुभवहरु तथा बिपद ब्यबस्थापनका लागि आवश्यक रहेका तत्वहरुको सल्लाह सुझावहरु, प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

2

स्थानीयहरुको सम्पूर्ण कुरालाई मनन गरि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफ्नो मन्तव्य व्यक्त गर्दै हाम्रो तराईमा मुख्य गरि ४ (चार) किसिमको बिपद आइरहेको हुन्छ जस अन्तरगत बाढी, आगलागी, भुकम्प, शितलहर, जस्ता प्राकृतिक प्रकोप आउने गरेकोछ। उक्त बिपद ब्यबस्थापन गर्न वाडा स्तरमा बिपद ब्यबस्थापन कीट (सावेल, कोदालो, वालुवा भरेको बोरा जस्ता सामग्री सहित अनिवार्य रुपमा हुनुपर्छ। साथै सर्पको टोकाइ बाट उपचार गराउन जानलाई नेपाल आर्मिको मातहतमा बर्दिबासमा रहेको सर्पदंश उपचार केन्द्र एउटा मात्र रहेको छ सम्बन्धित निकायमा समन्वय गरि आवश्यक रहेको स्थानमा कम्तीमा एक ओटा स्थापना भएको भए राम्रो हुनेथियो ।कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती सुमनलाल कर्ण,स्वास्थ कार्यालय प्रमुख महेन्द्र कुमार मन्डल, सुरक्षानिकायका प्रमुखहरु, वाडा अध्यक्ष, सदस्य, स्थानियवासी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।