धनुषामा पहिलो दिन निषेधाज्ञाले जनजिवन प्रभावित – Jaleshwortoday

धनुषामा पहिलो दिन निषेधाज्ञाले जनजिवन प्रभावित

 May 5, 2021  

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ बैशाख

पूर्व सूचना अनुसार धनुषा जिल्लामा मंगलबारदेखि शुरु भएको निषेधाज्ञाले समान्य जनतादेखि अन्य जनमानसको समेत जनजिवन प्रभावित भएको छ ।
यता पूर्ण लकडाउनका कारण अतिआवश्यक सामाग्री बोक्ने सबारी साधनहरु ओसारपसार गर्ने सबारी साधनहरु तथा सार्वजनिक यातायातहरु पूर्ण रुपमा ठप्प रह्यो ।
पैदल यात्रिदेखि मोटरसाइकल यात्रिलाई बिहानैदेखि प्रहरीहरुले सोधपुछ गरी अवरोध गरेका थिए । विहानैदेखि वर्षाको कारण समेत यता जनजिवन प्रभावित भएको बुझिएको छ । यता वित्तिय कारोबार गर्ने सरकारी बैकदेखि निजि बैकहरु तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहेको थियो । तर निषेधाज्ञाको कारण कारोबार गर्नेहरुका बैंकहरुमा सामान्य उपस्थिति रहेको थियो । संचारको कमिको कारण लकडाउनको समयावधि तथा खाद्य सामाग्रीहरु बेच्ने तथा किन्नेहरु अन्योलमा रहेको देखियो । सरकारी कार्यालयहरु सामान्य कर्मचारीहरुको उपस्थितिमा शुचारु रहेको थियो ।