रेडियो मार्फत हुने सिकाइ प्रभावकारी हुने ः शिक्षा मन्त्री पोखरेल – Jaleshwortoday

रेडियो मार्फत हुने सिकाइ प्रभावकारी हुने ः शिक्षा मन्त्री पोखरेल

 October 4, 2020  
Siksha Mantri

धर्वेन्द्र कुमार यादव(यदुवंशी)
महोत्तरी, १७ आश्विन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियो मार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताउनुभएको छ । महोत्तरीको औरहीमा श्री प्रसाद सिंह माविको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपालका लागि एफ.एम रेडियो मार्फत शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु नै एकमात्र विश्वसनीय आधार भएको दाबी गर्नुभयो । नेपालका ८० प्रतिशत नागरिकसँग रेडियोको पहुँच रहेकाले स्थानीयस्तरमा सञ्चालित रेडियोसँग समन्वय गर्दै पठनपाठनलाई निरन्तरता दिन पनि मन्त्री पोखरेलले पालिकाहरुलाई आग्रह गर्नुभयो । विश्वभरि नै वैकल्पिक विधि मार्फत पढाइ भइरहेको भन्दै उहाँले इन्टरनेटको सुविधा पुगेको ठाउँमा अनलाइन कक्षा र नपुगेको ठाउँमा रेडियो मार्फत नै पढाउनु अहिलेको विकल्प भएको बताउनुभयो । कार्यक्रममा औरहीका मेयर सुनिलकुमार यादवले शिक्षक दरबन्दी मिलान गरी शैक्षिक क्रियाकलापलाई सहज गर्नका लागि मन्त्री समक्ष आग्रह गर्नुभयो ।