आफ्नो मनको बल उच्च राखौं – Jaleshwortoday

आफ्नो मनको बल उच्च राखौं

 May 27, 2021  
Education

कोरोनाको कहर सर्बत्र फैलिरहेको अवस्थामा धैर्यता तथा मनोबललाई उच्च राख्न जरुरी देखिन्छ । अहिले प्रायः मानिसहरुमा कोरोनाको भय तथा त्रास ज्यादै नै घर बनाएको देखिन्छ । सामान्य खोकी,ज्वरो वा टाउँको दुखेको खण्डमा आफूलाई कोरोना लागेको चिन्तामा डेबेको र आफ्नो ज्यान समेत गुमाईसकेका कैयौं उदाहरणहरु छन् । हिन्दीमा एउटा उखान छ— मान लो तो हार है और ठान लो तो हार है । अर्थात हाम्रो अहिले जस्तो सुकै अवस्था भए पनि मनको बललाई मजबुत राख्न जरुरी छ । हामीले यतिबेला आफू पनि सकारात्मक हुनुपर्छ तथा अरुलाई पनि सकारात्मक तथा धैर्यवान रहन सिकाउनु पर्दछ । यो अहिलेको कोरोना समस्त भूमण्डलको लागि एउटा सिक्ने र सिकाउने अविस्मरणीय घट्ना हो । बास्तवमा यसले हाम्रो बिजुली चाल भन्दा पनि बढी गतिमा चलिरहेको जिवनलाई रोकिदिएको छ । यस्तो लाग्दछ की हाम्रो स्वास्थ्य भन्दा जिवनमा केहि पनि होइन । स्वास्थ्य छैन भने केहि पनि होइन । यति बेला हामीहरु परिबारका सदस्यहरु नजिकिएका छौं । हामी एकै ठाउँमा बस्न पाएका छौं । साथै हामीले आफ्ना हरेक कामहरुलाई छोडेर परिवार प्रति जिम्मेबार भएका छौं । तर कति परिवारहरु धेरै जतन गरे पनि बिछडिएका छन् । आँखा अगाडी भ्यान्टिलेर र अक्सिजनको अभावमा छटपटिएर देह त्याग गरेका छन् । शायद भगवानको यहि ईच्छा हो उनको यस्तो दशाको भनेर हामीले मनोबल उच्च राख्नुपर्छ । किनभने यदि मनोबल हाम्रो अलि पनि खस्क्यो भने हामी र हाम्रो बचेको परिबार समेत विभिन्न किसिमले समस्याग्रस्त हुन सक्छन् ।