खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरमै गएर भ्याक्सिन लगाउन सर्वोच्चको आदेश – Jaleshwortoday

खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरमै गएर भ्याक्सिन लगाउन सर्वोच्चको आदेश

 August 13, 2021  

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २९ श्रावण
सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका र दृष्टिविहीनलगायत दीर्घरोगीहरुलाई घर–घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार (आज) यो प्रकृतिको आदेश दिएको हो । अदालतले अशक्त, अपाङ्ग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरी घर–घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो । संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्तो आदेश दिएको हो ।