जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या… – Jaleshwortoday

जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या…

 September 9, 2021  
Aishworya

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ भाद्र
बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहि रिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार उनी कलेजकी सबैभन्दा सुन्दर युवती थिइन् । ऐश्वर्याकी साथीले भनिन्, ‘जो पनि ऐश्वर्याका लागि लठ्ठ थिए । तर, ऐश्वर्या भने आफूलाई पढाउने शिक्षकको प्रेममा पागल भएकी थिइन् । उनी फिजिक्स पढाउने शिक्षकलाई मन पराउँथिन् । उनी फिजिक्स शिक्षकलाई आर्कषित गर्न पहिलो सिटमा बस्ने गर्थिन् । तर, उनीहरुको प्रेम यतिमै सीमित भयो ।’ बलिउडमा प्रवेश गरेपछि ऐश्वर्याको सलमान खान, राजीव मुलचन्दानी, बिबेक ओबरोय जस्ता अभिनेतासँग नाम जोडियो । सन् १९७३ को नोबेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९९४ मा मिस वल्र्ड प्रतियोगिता जितेकी थिइन् । उनले तेलेगु, तमिल, बंगाली र अंग्रेजी भाषाका सुपर हिट फिल्ममा काम गरेकी छन् ।