हलमा फर्किएर मनोरञ्जन उद्योग पुनर्जीवित गरिदिन अक्षयकुमारको अनुरोध – Jaleshwortoday

हलमा फर्किएर मनोरञ्जन उद्योग पुनर्जीवित गरिदिन अक्षयकुमारको अनुरोध

 September 29, 2021  
Akshya Kumar

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ असोज
अभिनेता अक्षय कुमारले दर्शकलाई फिल्म हल फर्किन अनुरोध गरेका छन् । उनले हालै एक अन्तर्वार्तामा दर्शकलाई फिल्म हलमा फर्किएर मनोरञ्जन उद्योगलाई पुनर्जीवित गर्न अनुरोध गरेका हुन् । सो क्रममा उनले खराब समय सकिएको समेत बताएका थिए ।
‘यो वर्ष मेरो ४, ५ फिल्म रिलिज हुँदैछ । यो राम्रो संकेत हो’ उनले भने– ‘स्थिति सामान्य भइरहेको छ । आशा गर्दछु यस्तै रहनेछ ।’ गत डेढ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिन सहि समयको पर्खाइमा आफु रहेको उनले भनाई राखेका थिए ।
‘पछिल्लो डेढ वर्ष फिल्म उद्योगका लागि खराब समय रह्यो’ उनले थपे ‘यो समय सबैले धेरै थरी नोक्सानी व्यहोरेका छन् ।’ दर्शकले फिल्म हलमा फर्किएर मनोरञ्जन उद्योगलाई पुन गर्ने आशा उनले राखेका छन् । यो वर्ष उनका रिलिज हुने ५ फिल्ममा ‘सूर्यवंशी’, ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’, ‘रक्षाबन्धन’, ‘राम सेतु’ रहेका छन् । उनका ‘ओ माई गड’, ‘अतरंगी रे’ अर्काे वर्ष रिलिज हुने सम्भावना छ । उनी पछिल्लो समय ‘बेल बटम’ मा देखिएका थिए ।