नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश – Jaleshwortoday

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

 September 30, 2021  
Volleyball

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ असोज
नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ेत्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२०,२५–१० र २५–१७ मा पराजित ग–यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । जसमा च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आगामी चैतमा आयोजना हुने क्लब लिगका लागि छनोट हुनेछन् । जारी प्रतियोगिताको महिला तथा पुरुष विजेताले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।