नाकाबाट सहज रुपमा आवागमन गराऊ – Jaleshwortoday

नाकाबाट सहज रुपमा आवागमन गराऊ

 October 2, 2021  
Education

नेपाल सरकारको पहलमा नेपाल—भारत सिमानाकाहरु खोलाउने निर्णय स्वागतयोग्य देखिन्छ । महिनौदेखि ठप्प रहेका नाकाहरु केहि खुले पनि आइतबारदेखि अन्य बाँकी नाकाहरु खुल्ने भएको छ । यसले पक्कै पनि दुई देश वीचको सुमधुर सम्बन्ध अझै प्रगाढ बन्ने देखिन्छ । मानवीय आवागमन तथा सवारी साधनहरुको समेत आवागमन बढ्नाले दुबै देशको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा सुधार आउने छ । सिमा नाका बन्दका कारण परिवारी सम्बन्ध तथा बैबाहिक सम्बन्ध समेत अत्याधिक प्रभावित भएकोले अवको समय सबैको लागि सुखद हुने देखिन्छ । तर दुबै देशका जनताले कोरोनाको प्रभावलाई ध्यानमा राखि यात्रा गर्न आवश्यक छ । नेपाल सरकारले भारतबाट आउने नागरिकको कोरोना निगेटीभको प्रतिवेदन हेरी मात्र भित्र्याउन आदेश दिएका छन् । यस निर्णय प्रति रौतहट लगायत अन्य जिल्लाहरुबाट सर्वसाधारणहरुको गुनासो आएको परिवेशमा नेपाल सरकारले नीतिमा सुधार ल्याई लागु गर्न जरुरी देखिन्छ । यसै नियमलाई भारत सरकारले पनि लागु गरे नेपाली जनतालाई टाउको दुखाई हुुने भएकोले प्रत्यक्ष रुपमा नाका खोलाउने भने पनि अप्रत्यक्ष रुपमा बन्द नै राख्ने विश्लेषण हुन लागेको अवस्थामा सहज शर्तमा दुुवै देशले नागरिकको आवागमनमा ध्यान दिनु आवश्यक छ ।