जनकपुरधामका शैक्षिक संस्थाहरु ३ दिन बन्द हुने – Jaleshwortoday

जनकपुरधामका शैक्षिक संस्थाहरु ३ दिन बन्द हुने

 December 6, 2021  
Vivahpanchami

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ मंसिर

जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजि विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलवार देखि बिहिवारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिएका छन् । आइतवार शाखा प्रमुख एक सूचना जारी गर्दै विवाहपञ्चमीको मेलाका कारण हुने भिडभाडलाई मध्यनजर गर्दै पालिका भित्र रहेको सामुदायिक, निजि विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका छन् ।