ज्ञान गंगाका विद्यार्थीहरुलाई दाँत माज्ने तालिम दिइयो – Jaleshwortoday

ज्ञान गंगाका विद्यार्थीहरुलाई दाँत माज्ने तालिम दिइयो

 December 16, 2021  
Gyan

जलेश्वरटुडे समाचारदाता
धनुुुषा, २९ मंसिर

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुलाई बिहिबार एक कार्यक्रम वीच दाँत माज्ने सम्बन्धि तालिम दिइएको छ ।
सो विद्यालयमा अध्ययनरत कक्षा पिजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई सहि तरिकाले दाँत माज्ने तरिका सम्बन्धि तालिम दन्त चिकित्सक अनिता यादवले दिनुभयो । डा. यादवले विद्यार्थीहरुलाई दाँत माज्ने तरिका,ब्र्रसको साइज,पेस्टको मात्रा तथा माज्ने समय सम्बन्धि जानकारी गराउनुभयो । विद्यालयका शिक्षक,शिक्षिका तथा कर्मचारीहरुको सहयोगमा सो कार्यक्रम समपन्न भएको थियो । संस्थापक प्र.अ.उप—प्रा. पवन कुमार साहले डा.यादव लगायत सबै प्रति आभार प्र्रकट गर्नुभयो ।