सार्वजनिक पुस्कालयको महत्व – Jaleshwortoday

सार्वजनिक पुस्कालयको महत्व

 August 30, 2025  
Jaleshwor Today Editorial

बालबालिकाहरूलाई प्राथमिक तहदेखि नै विभिन्न पुस्तकपुस्तिका निरन्तर रूपले अध्ययन गर्ने बानी बसाल्न सके उनीहरूमा पठन संस्कृतिको विकास भई भविष्यमा पुस्तकालयमा गएर अध्ययन गर्न अभ्यस्त रहनेछ । यस बाहेक आजको सूचना प्रविधिको युगमा ई–लाइब्रेरीको नितान्त आवश्यक रहेको छ जसले पठन संस्कृतिको विकासमा मात्र सघाउ नपु¥याई भविष्यको कर्णधारहरूको जीवनमा समेत आमूल परिवर्तन ल्याउनेछ । पुर्खाले आर्जेका ज्ञान, सीप र अनुभवलाई सञ्चित गर्न सके भावी पुस्तालाई काम लाग्ने देखिन्छ । पुस्तकालयमा यिनीहरू राम्ररी सञ्चय गर्न सकिन्छ । विश्वमा पूर्वीय दर्शन र साहित्य अब्बल मानिन्छ । यसैले आज उक्त दर्शन र साहित्य पश्चिमाहरूको लागि खोज र अध्ययनको विषय भएको छ । सार्वजनिक पुस्तकालयहरूको विकास गर्न सके उक्त दर्शन र साहित्यलाई जीवन्त राख्न सकिन्छ ।
यस्ता पुस्तकालयहरूमा विभिन्न उमेरसमूहको रुचि एवं आवश्यकता अनुसार पुस्तक पुस्तिकाहरू राखिने गरेको देखिन्छ । यति मात्र होइन, यी पुस्तकालयहरूमा पाठकहरूका बैठक एवं छलफलका लागि छुट्टै कोठाको व्यवस्था गरेको देखिन्छ । सार्वजनिक पुस्तकालयहरूमा अनलाइन अध्ययनका लागि कम्प्युटर र इन्टरनेटको व्यवस्था गरिएको हुन्छ भने अनुसन्धानकर्ताहरूको लागि आवश्यक स्रोतसाधनहरूको पनि व्यवस्था गरिएको हुन्छन । यस्ता पुस्तकालयहरू विकसित देशहरूमा प्रत्येक विश्वविद्यालय तथा विद्यालयको आ–आफ्नै पुस्तकालयहरू रहेको हुन्छ । जहाँ विद्यार्थीको आवश्यकता अनुसार पुस्तकपुस्तिकाहरू राखिने गरिएको देखिन्छ ।