प्रधानमन्त्री केपी शर्मा ओलिले अन्ततः आफ्नो राजिनामा दिइसके पछि अव नेपालको बागडोर राम्रो र स्वतन्त्र मान्छेलाई दिने बेला आएको छ । अहिले नेपालको प्रधानमन्त्री बनाउनको लागि अन्तरिम सरकार गठन गरेर अगाडी बढनु पर्ने अवस्था देखिन्छ । विभिन्न ठाउँहरुबाट विभिन्न कुराहरु आए पनि अव बालेनलाई प्रधानमन्त्रीको लागि अगाडी बढाउनु पर्ने आवश्यकता रहेको देखिन्छ । अहिलेसम्म हामी सबैलाई हेरि सकेको अवस्थामा अवको पालो भने निस्वार्थ रुपमा भन्नु पर्दा बालेन बाहेक अहिले कोही देखिदैन । त्यसकारण यसको लागि चौतर्फि चिन्तन र जनआवाजको आवश्यकता रहेको देखिन्छ । जेनजीले समेत यसको लागि आफ्नो बुलन्द आबाजलाई अघि सार्न आवश्यक देखिन्छ । किनभने नेपालमा कसैले नसोचेको परिवर्तन अहिलेसम्म भएको छ भने त्यो जेनजीलाई नै श्रेय जान्छ । यतिबेला मौन बस्नु भन्दा निर्णायक अभिव्यक्ति दिने बेला आएको छ । आधुनिक तथा समपन्न नेपाल हामी सबै मिलेर बनाउनु छ । आधुनिक तथा समपन्न नेपाल हामी सबै मिलेर बनाउनु छ । जेनजी पुस्ताको यो विशाल जितलाई सलाम छ ।
