छ महिनाको लागि बनेको प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारको खासै नेपाली जनमानसमा प्रभाव नपरेको देखिए पछि शून्यता महसुस भएको देखिन्छ । अहिलेको नेपाली जनताले छ महिने सरकारबाट तत्काल सुशासन,भ्रष्टाचारको उन्मुलन तथा सहज दिनचर्याको प्रत्याभूतिको अपेक्षा गरेका छन् । तर संघीय सरकार अहिलेसम्म प्रतिनिधि सभाको चुनावको खाका तयार पार्नमा नै व्यस्त देखिन्छ । जेनजी आन्दोलनको मुल मर्म प्रतिनिधि सभाको चुनाव गराउने पक्कै पनि थिएन । आन्दोलनमा सहादत प्राप्त शहिद तथा घाइते आन्दोलन कारीहरुले भयरहित शान्त,सुन्दर तथा विकासशील देशको परिकल्पना गरेका थिए । देशबाट महँगी,बलात्कार,हत्या,हिंसा,भ्रष्टाचार, राजनीतिक अस्थिरता लगायतका तत्वहरुको अन्त्यको माँग राखेका थिए जेनजीले । सरकारमा रहेका संघीय मन्त्रीहरु समेत नयाँ पार्टी खोल्नखोलाउनमा व्यस्त देखिन्छ । राम्रा कर्मचारीका प्रशंसा बटुलेका अहिलेका मन्त्रीहरु समेत जनताको आवश्यकता र समस्याहरुलाई बाईपास गरेको देखिन्छ । प्रतिनिधिसभाको चुनाव भएरै नेपालमा विकासको हुरी चल्ने होइन । त्यसकारण अहिलेको सरकारले धेरै ठुलो कामहरु गर्न नसके पनि जनताको लागि केहि सामान्य पेकेजहरु ल्याई जनताको मन जित्न सक्नुपथ्र्यो जुन गर्न सकेको छैन ।
