दीबाखाजामा भ्रष्टाचारी बन्द गर – Jaleshwortoday

दीबाखाजामा भ्रष्टाचारी बन्द गर

 December 29, 2021  
Education

नेपाल सरकारले सरकारी विद्यालयहरुमा विद्यार्थीहरुलाई आकर्षित गर्न गराउँनको लागि तथा स्वास्थ्य अवस्थालाई ठीक राख्नको लागि समेत दीबाखाजा दिने योजना अघि सारे पनि उल्लेख्य मात्रामा विद्यार्थीहरु भर्ना भएका छैनन् भने त्यसको अर्काे कारणको रुपमा दीबाखाजामा अनियमितता तथा भ्र्रष्टाचारी भएको बुझिएको छ । अहिले यस्ता घट्नाहरु महोत्तरी,धनुषा लगायत नेपालका विभिन्न जिल्लाहरुमा समेत देख्न थालिएका छन् । विभिन्न संचार माध्यमहरुबाट यस्ता घट्नाहरु सामुने आएका छन्् । स्वस्थ्यकर खाजाको ठाउँमा चाउचाउ जस्ता जंक फुड खुुवाउने गरेको पाइएको छ जुन ज्यादै अस्वस्थ्यकर तथा अमानवीय हो । जनकपुरधाम उपमहानगरको शिक्षा विभागबाटै खाजाको नाउँमा करोडौं रकम अनियमितता भएको तथ्य संचारमाध्यमहरुबाट बाहिरिएका छन् । यस्ता घटनाहरु प्रति सरोकारबाला पालिका प्रमुख प्र्रशासकिय अधिकृत देखि स्थानिय जनप्र्र्रतिनिधिहरुले चुप्पी देखाउनु भ्रष्टाचारलाई मिलोमतोमा मौलाएको बुझिन्छ । बालबालिकाको भविष्यसँग खेल गर्ने जो कोहिलाई पनि कानुनी दायरमा ल्याई कानुन बमोजिम सिघ्र कारबाही गर्न आवश्यक रहेको देखिन्छ । यसको लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय अभिभावक संघ तथा विद्यार्थीहरुले स्वयं सचेत भई विरोध गर्न जरुरी छ । यसको लागि खाद्य गुणस्तर विभागले पनि विद्यालयहरुमा अनुगमन गर्न जरुरी छ । स्वस्थ्य जनशक्ति नै देशका कर्णधार हुन् । त्यसकारण बालबालिकाको जिवन रक्षाको लागि सबैले ध्यान दिन जरुरी छ ।