मधेसी शहीदहरुको परिवारसँग गरेको बाँचा पुरा गर – Jaleshwortoday

मधेसी शहीदहरुको परिवारसँग गरेको बाँचा पुरा गर

 January 20, 2022  
Education

बिक्रम सम्बत् २०६३ देखि हालसम्म वीर शहीद भएका मधेसीहरुका परिवारको अवस्था चिन्ताजनक देखिएका छन् । तिनीहरुका परिवारसँग मधेसी नेता तथा प्रदेश सरकारले गरेका बाचाहरु अहिले पनि अपुरो देखिएका छन् । वर्तमान लोसपाका नेता राजेन्द्र महतोले वीर शहीदका परिवारलाई पचास लाखका दरले आर्थिक सहयोग गर्ने बताए पनि अहिलेसम्म दिन सकेका छैनन् । यति मात्र होइन महोत्तरी जिल्लादेखि अन्य जिल्लाका मधेसी शहीद परिवारका एक सदस्यलाई जागिर दिने घोषणा गरे पनि कतिलाई नियुक्ति गर्न सकेका छैनन् भने जसले नियुक्ति पत्र पाएका छन् ,तिनीहरुलाई पदस्थापन गर्न सकिएको छैन् जुन ज्यादै नै लज्जास्पद हो । मधेस प्रदेश सरकारका विभिन्न साँसद तथा मन्त्रीहरुले यी शहीद परिवारका नाउँमा रहेका बजेटको अनियमितता गरेर प्रदेशको ढुकुटी सिध्याएका छन् भने शहीद परिवारले पाउनुपर्ने सुविधा अहिलेसम्म प्राप्त गर्न सकेका छैनन् । माघ ५ गते सरकारमा रहेका विभिन्न मधेसी नेताहरुले विभिन्न ठाउँमा गएर शहीदहरुका प्रतिमामा माला लगाएका छन् भने ठूला कार्यक्रमहरु समेत गरेका छन् । वास्तवमा तिनीहरुका परिवारले कमाउने छोराको कमी महसुस गरिरहेका छन् जसको भरणपोषण प्रदेश सरकार तथा बाँचा दिएका माननीयहरुले गर्न जरुरी छ ।