बलात्कारीलाई फांसीको माग गर्दै बर्दिबासमा प्रदर्शन – Jaleshwortoday

बलात्कारीलाई फांसीको माग गर्दै बर्दिबासमा प्रदर्शन

 October 16, 2020  
Rape

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ आश्विन

 

बलत्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै महोत्तरीको बर्दिबासमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले प्रदर्शन गरेका छन् ।
‘र्यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफैँ बनौँ, बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । र्यालीपछि देशमा बलत्कारीलाई बचाउन राजनिती गतिविधी बारे सडक नाटक मार्फत आम जनतालाई सचेत गराएका थिए । बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले जोडदार माग गरेका छन् । पञ्चधुरा होटलको अगाडी बाट विभिन्न संघसंस्थाका सदस्यहरुहरुको सहभागीतामा सुरु भएको र्याली बर्दिबास बजार परिक्रमामा गरी सिन्धुली रोडमा बलात्कारको सिकार भइ ज्यान गुमाएकाहरु प्रति दीप प्रज्जवलन गरेर सम्पन्न भएको थियो ।