सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप - Jaleshwortoday

Online cryptocurrency casino deposit via sms

  1. Hyeres Casino No Deposit Bonus 100 Free Spins: Choose your own favourites for yourself by playing the progressive jackpots for free at top-quality South African online casinos and then switching to real money play, for the chance to win life-changing amounts of money.
  2. Free Slots Games Bonuses New Zealand - Once your entire bonus amount has been rolled over 5x, you'll be able to withdraw the amount as real money.
  3. Casino Free 3 Pound No Deposit Pc: First and foremost, regulators needed to ensure their geofencing system is working correctly.

How to pick larger payout slot machines at the crypto casino

Slot Milky Ways By Nolimit City Demo Free Play
To do this, we consider the graphics, the special features and bonus rounds, fairness, and more.
Spartacus Slot Uk
Rock The Cash Bar has a lot of standard features but will use them slightly differently when it comes to activating them.
To get started, click here to visit the Royal Ace Casino and register your new account.

Pokies in warragul

Baccarat Best Casino
The games you can play here include Spectre Estate, Reel King Mega, Aloha.
Online Casino Available In Australia
Then check out the Joker 40 slot by Synot Games.
Club Australia Casino Bonus Code

सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप

 ७ आश्विन २०७९, शुक्रबार २१:२९  
jj

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ७ आश्विन

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् । साउन महिनायता डेंगुको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।

सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला जम्मा ६८ जिल्लामा डेंगुका केस पुष्टि भएको थियो । अहिले ४ वर्ष पहिलेको भन्दा अझ बढ्ने देखिएको छ ।
हाल सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ हजार ९७८ जना डेंगु संक्रमित भएका छन् । ४ वर्ष पहिले पनि लामखुट्टे नियन्त्रणमा चुक्दा डेंगुले लामो समयसम्म धेरै प्रभावित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार डेंगुले प्रकोप रुप लिनुभन्दा दुई महिना अगाडिदेखि लामखुट्टे नियन्त्रणमा तदारुकता दिइएको भए अहिलेको स्थिति आउने थिएन । अहिले सरकारले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको  जनाएको छ । यद्यपि सरकारले दसौँ हजार जना डेंगु संक्रमित हुँदा अभियानलाई अभियानका रुपमा सञ्चालन नगरेको स्वास्थ्यविज्ञहरुको भनाइ छ । सरकारले कोरोना महामारीमा जसरी मास्क,सेनिटाइजर र सामाजिक दुरी कायम गरौँ अभियानलाई तीव्रता दिएको थियो त्यसै गरी डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट अभियान र जनचेतनालाई प्राथमिकता  नदिएको सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाको जिकिर छ ।

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान घरघरमा संक्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु भएपनि व्यवहार नउतारिएको उनीहरुको भनाइ छ । डा. मरासिनी भन्छन्, ‘लामखुट्टे विशेष गरी काठमाडौं उपत्यकामा व्यापक रुपमा फैलिएको छ । लार्भा नष्ट गर्न भन्दै झाडीमा कतै कतै कहिलेकाहीँ धुवा उठाउँदैमा नष्ट हुँदैन । जबसम्म पानी जम्मा हुने सबै स्थानमा ध्यान दिइँदैन, तबसम्म नष्ट हुँदैन । संक्रमण बढिरहन्छ ।’

डा. बास्कोटाका अनुसार २०१९ मा लामखुट्टे केही स्थानमा मात्रै थियो । नयाँ बजार, सोह्रखुट्टे, कलङ्की, थानकोट वरपर डेंगु संक्रमित बढी थिए । डेंगु सार्ने संक्रमित लामखुट्टे धेरै थिएनन् तर, त्यतिबेला संक्रमण फैलिएको थियो । अहिले संक्रमित लामखुट्टे धेरै स्थानमा देखिएकाले सुरुवाती दिनदेखि नै संक्रमितको दर ह्वात्तै बढेको हुँदा सचेत नभए प्रकोपले जटिलता निम्त्याउन सक्छ ।

कसरी हुन्छ डेंगु संक्रमित कम?
स्कुलले बालबालिकामा धमाधम डेंगुको संक्रमण देखिन थालेको चिकित्सकहरु बताउँछन् । शिक्षण संस्थाहरु एकदुई दिन बन्द गरेर लामखुट्टे तथा लार्भालाई नष्ट गर्ने अभियान सञ्चालन गरी अध्यापन गराए डेंगु संक्रमित कम हुने  डा. पुनको भनाइ छ ।
यस्तै, सरुवारोग विशेषज्ञ डा बास्तोलले पनि लामखुट्टेको मुख्य निसाना अर्थात् संक्रमित हुने घरबाहिर खुल्ला स्थानमा काम गर्ने श्रमिक बढी परेको बताउँछन् । त्यसैले सरकारले नागरिकलाई लामखुट्टेको टोकाइबाट कसरी जोगिने भनेर जानकारी दिनुपर्ने उनले बताए । यस्तै, भाडामा बस्नेहरु बढी संक्रमित भएको उनको भनाइ छ ।

डेरावालहरुले पानी जम्मा गरेर भाँडाहरुमा राख्छन् । प्रयोगका लागि जम्मा गरेर राखिएको सफा पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने हुँदा उनीहरु संक्रमण हुने सम्भावना बढी रहेको उनको भनाइ  छ ।
अहिले कार्यालय, विद्यालय, कलेज, मानिसको भीडभाड हुने व्यापारिक केन्द्रमा लामखुट्टे पुगेकाले एकपछि अर्काे संक्रमित हुने क्रम जारी छ । एक जना संक्रमित निको हुन्छ, त्यही स्कुल, कलेज,भीडभाड हुने क्षेत्रबाट पुनः अर्को उपचारको लागि अस्पताल पुग्ने गरेको छन् ।

लामखुट्टे खोज र नष्ट अभियानलाई बेवास्ता गरिए आपतकाल घोषणा गर्ने स्थिति सिर्जना हुने डा. मरासिनी बताउँछन् । डेंगु संक्रमित भएका एक सय जनामध्ये १० जनामा मात्रै लक्षण देखिन्छ । लामखुट्टे र लार्भा बढी भएको ठाउँमा लक्षणविहीन डेंगुले संक्रमितलाई टोक्दा अन्य व्यक्ति संक्रमित हुँदा झन् समस्या उत्पन्न हुने उनले बताए ।

तयारी शुन्य ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अझै डेढ महिनासम्म डेंगु केस देखिने भनिए पनि सो अनुसारको तयारी छैन । यस्तै,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रसहित डेंंगु नियन्त्रणका लागि भौतिक पूर्वाधार, शिक्षा तथा विज्ञान प्रविधि सहरी विकास तथा वातावरण, गृह मन्त्रालय लगायतका निकायहरुसँग सहकार्य गर्दै आएको जिकिर गर्छन् । सबैसँग सहकार्य गर्दै परीक्षण उपचारको प्रबन्ध गर्ने तथा चेतना अभिबृद्धि गर्ने, रोकथाम नियन्त्रणका लागि कार्य जारी राखेको उनको भनाइ छ ।

मन्त्री खापुङले त्यस्तो भने पनि हजारौ संक्रमित भैसक्दा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियानले अभियानको रुप लिन नसकेको बरु लगातार बढ्दै गएको संक्रमित दरले देखाउँछ ।
डा. पुनका अनुसार डेंगु संक्रमित घरघरमा छन् । त्यसैले सरकारी आकडामा केस कम देखिएको छ ।

इडिसिडिको प्राविधिक सहयोग र डेंगुको संक्रमण कम गर्न प्रदेश, पालिका, वडा र स्वास्थ्य संस्थासँग समवन्य वकालत गर्ने कार्य भएको जनाएको छ । तर केन्द्र, प्रदेश र स्थानीय पालिकाविच समन्वयको अभाव हुँदा डेंगुले प्रकोपको रुप लिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘केही पालिका, वडा पदाधिकारीले एकदुई पटक मात्रै अभियान चलायौैं भनेर भन्नु भएको छ,’इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहाल भन्छन्,‘हामीले अझै डेढ दुई महिनासम्म डेंगुको प्रकोप देखिने भएकाले एकपटक मात्रै लार्भा नष्ट गरेर हुँदैन, हामी थाक्नु हुँदैन, लगातार अभियानमा जुट्न आह्वान गरिरहेका छौँ ।’

केन्द्र तथा प्रदेश सरकारले जनचेतना तथा लार्भा नष्ट कार्य स्थानीय तहको जिम्मा हो भनेर बस्दा डेंगुले प्रकोपको रुप लिएको डा.मरासिनी बताउँछन् ।

उपत्यकामा संक्रमण घट्ने 

सात प्रदेशमध्ये सबैभन्दा धेरै बागमती सबैभन्दा बढी संक्रमित छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । अब दसैंमा उपत्यका बाहिर जानेबाट संक्रमण बढ्ने भएकाले उपत्यकामा संक्रमितको दर कम हुने सरुवारोग विशेषज्ञ डा बास्तोला सुनाउँछन् ।

काठमाडौंबाट डेंगुका लक्षण देखिने र सार्ने लामखुट्टे देशका विभिन्न भागमा धेरै पटक पुग्ने भएकाले संक्रमणको जोखिम गाउँगाउँमा उच्च रहेको डा.मरासिनी बताउँछन् ।

कुन सेरोटाइप ?

१७ हजार बढी संक्रमित डेंगुको केस पुगेको छ । तर सरकारले नेपालमा संक्रमण भइरहेको डेंगु कुन हो भनेर पत्ता लगाउन सकेको छैन । सन् २०१६ मा सेरोटाइप वान तथा सन् २०१९ मा सेरोपाइप टु देखिएको थियो ।

हाल देखिएको डेंगु कुन सेरोटाइपको हो भन्नेबारे अध्ययन नै छैन । प्रमुख दाहालका अनुसारसातवटै प्रदेशका १० वटा अस्पतालबाट ५० वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ । विश्व स्वास्थ्य संगठनलाई परीक्षणका लागि अनुरोध गरिएको उनको भनाइ छ ।

डेंगुको सेरोटाइप डेन १ देखि डेन ४ सम्म हुन्छ । हाल संक्रमण भएका व्यक्तिलाई अर्को प्रकोपको समयमा पनि संक्रमित हुन सक्ने डा. पुन बताउँछन् । पुन संक्रमित हुँदा अर्को सेरोटाइपले संक्रमण भएमा कडा खालको लक्षण देखिने उनको भनाइ छ ।