पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता – Jaleshwortoday

पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता

 November 29, 2022  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ मंसिर

विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले आयोजक कतारमाथि पहिलो हाफ सकिँदा १–० गोलको अग्रता बनाएको छ । अल बायात रंगशालामा नेदरल्यान्ड्सका लागि कोडी गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।  उनले खेलको २६औँ मिनेटमा गोल गरे । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । यता प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको कतार आजको खेलमा जित निकाल्दै विश्वकपको अन्त्य गर्ने योजनामा छ ।