महोत्तरीबाट नगद घुस सहित एक सशस्त्र प्रहरी पक्राउ – Jaleshwortoday

महोत्तरीबाट नगद घुस सहित एक सशस्त्र प्रहरी पक्राउ

 November 2, 2020  
Police

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ कार्तिक

महोत्तरीबाट साढे १७ हजार रुपैयाँ घुससहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६०० रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय बर्दिबासको टोलिले सेवाग्राहीबाट १७ हजार ६०० घुसर लिइसकेको अवस्थामा निगौल चोकबाट नियन्त्रणमा लिएको हो । घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ । गोप्य उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले सशस्त्र प्रहरी जवान चौहानलाई पक्राउ गरेको हो ।