प्रेम के हो ? - Jaleshwortoday

Poker hands does a flush beat a full house

  1. Free Real Money Slots No Deposit United Kingdom: All of this is also available on mobile devices which allows Royal Panda members an exciting casino adventure wherever they go.
  2. Play Bingo For Free Win Real Money Uk - In order for gamblers to convert the bonus into real money, they have to meet the casino requirements and here we are talking about the wagering requirements.
  3. Quick Slot Casino Login App Sign Up: They were chosen among all the others by our team of experts after numerous tests and checks.

Seven clans cryptocurrency casino

Free Spins No Deposit Canada Keep Winnings
Brownsville roofing serves both residential and commercial clients.
Frumzi Casino No Deposit Bonus Codes For Free Spins 2025
PartyCasino Review FAQsDoes PartyCasino have live chat?Yes.
Which might not sound like much, and thats because it isnt.

Crypto Casino caesars Melbourne

Mansioncasino Es No Deposit Bonus 100 Free Spins
Your mental state is also vitally important you should always go into a game in a good, positive mood.
Online Blackjack Real Money In Canada
By spinning the wheel, you have the chance to win free chips as well as a deposit bonus of up to 400%.
Blackjack This Canada Life

प्रेम के हो ?

 २ फाल्गुन २०७९, मंगलवार २१:३४  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २ फाल्गुण

भर्तृहरि नीतिशतक भन्छ, ‘शास्त्रको रहस्य थाहा नपाउने, आफूलाई ठूलो विद्वान् सम्झँदै हिँड्ने पुरुषले युवतीलाई निन्दा गर्छ र युवतीसँगको सहचार्य छाड्छ भने ऊ स्वयं ठगिन्छ । किनभने अनेक तपस्याद्वारा प्राप्त हुने फल भन्नु स्वर्ग हो । स्वर्गमा पनि अप्सरालाई भोग्न पाएपछि मात्रै मुख्यफल पाइएको मानिन्छ ।’

यस नीतिवचनले युवतीको निन्दा नगर्न, बरु युवती प्राप्तिका लागि तपस्या नै गर्न भनेको छ । यो नीतिवचन लेख्ने राजा भर्तृहरिबारे एउटा जनश्रुति छ । पिंगला नाम गरेकी परम सुन्दरी उनकी पत्नी थिइन् । पिंगलालाई खुसी राख्नुबाहेक उनको अर्को उद्देश्य थिएन । पिंगला भने भर्तृहरिलाई भन्दा दरबारकै दरोगा नाम गरेको सैनिकलाई मन पराउँथिन् ।

एक दिन भर्तृहरिलाई भेट्न एक ब्राह्मण आए, उनले राजालाई भने, ‘महाराज ! तपस्या गरिरहेका बेला मलाई ईश्वरले एउटा फल दिएर भन्नुभयो– यो दिव्य फल हो, यसलाई खाने मानिस सधैँ जवान रहन्छ । महाराज ! म धनहीन छु, यो दुःखी जीवन लामो समयसम्म रहोस् भन्ने म चाहन्नँ । मलाई केही धन दिनुभयो भने पनि यो फल हजुरलाई टक्र्याउँछु ।’

ब्राह्मणलाई सन्तुष्ट हुने गरी धन दिएर उनले त्यस ‘अमर’ नामक फल प्राप्त गरे । फल लिइसकेपछि उनीमा विचार आयो– पिंगला नै सधैँ जवान रहून् र मैले बाँच्दासम्म भोग गरिरहन पाऊँ । उनले रानीलाई फल दिँदै भने, ‘हे प्यारी पिंगला ! यो फल खाएपछि मानिस सधैँ यौवनावस्थामा रहन्छ, यसलाई तिमीले खाऊ । बूढो हुँदा पनि मैले तिम्रो जवानीले उन्मुक्त रूप हेरिरहन पाउनेछु ।’

राजा भर्तृहरिले जीवनभरि तरुनी पत्नीलाई भोग गर्ने मोह राखे भने रानी पिंगलाले जीवनभरि एक जवान प्रेमी चाहिन् । सायद राजा अन्य नगरवधुतिर लाग्दा पिंगलाले प्रेमको अभाव महसुस गरेकी थिइन् ।

खुसीले फल लिएर रानी आफ्नो शयन कक्षतिर लागिन् । उनलाई प्रेमी दरोगाको सम्झना भयो । प्रेमीलाई फलको रहस्य बताउँदै उनले भनिन्, ‘मेरो लागि तिमी नै सबैभन्दा प्यारो छौ । तिमी सधैँ जवान भयौ भने मैले पछिसम्म आनन्द प्राप्त गर्नेछु ।’

फल पाएपछि दरोगाले आफ्नी अर्की प्रेमिकालाई दिए, जो नगरवधु थिइन् । जवान प्रेमिकालाई आफूले सक्दासम्म भोग गर्ने चाहना दरोगामा जाग्यो । फल पाएपछि ती नगरवधुको मनमा पनि अनेकौँ कुरा खेल्न थाले । उनले आफूलाई असाध्यै मन पराउने व्यक्ति भर्तृहरिलाई सम्झिइन् । आफू सधैँ जवान भई नगरभरिका पुरुषबाट लुटिनुभन्दा जवान राजाबाटै लुटिनुलाई उनले उचित ठानिन् ।

आफैँले दिएको फल घुम्दै जब आफ्नै हातमा आइपुग्यो, राजा भर्तृहरि झसंग भए । फल कस–कसको हातमा कसरी पर्न गयो भन्ने कथा पनि उनले गुप्तचरद्वारा पत्ता लगाए । यस घटनापछि रानीले आत्महत्या गरिन्, राजा भर्तृहरि उदास भए । तत्पश्चात् उनी सांसारिक प्रेम, भोग, विलास र मोहबाट अलग हुन थाले ।

यस कथा त्यति तर्कसंगत लाग्दैन । किनभने गरिब ब्राह्मणले धनका लागि जवान हुने फल बेचेका छन् । धनै चाहिएको हो भने उनले जवान भएर कमाउन सक्ने सम्भावना थियो । ठीक छ, उनले बेचे । राजा आफैँ किन खाएनन् ? एउटा राजा सधैँ जवान हुन्थे त, यौवनले उन्मुक्त पिंगलाहरूको उनलाई खाँचो हुँदैनथ्यो । यो कथाले दुई कुरातिर संकेत गरेको छ— धनको मोह र जवान प्रेमी, पत्नी वा प्रेमिकाप्रतिको मोह ।

समा हामी अनेक शब्द, ठुल्ठूला तर्क वा सिद्धान्तमा फस्न आवश्यक छैन । माया–मोह भन्नुस् वा प्रेम नै भन्नुस् । सामान्य सिद्धान्त यही हो, प्रेम दुई प्रकारका हुन्छन्– यौनजन्य र यौनरहित ।

राजा भर्तृहरिले जीवनभरि तरुनी पत्नीलाई भोग गर्ने मोह राखे भने रानी पिंगलाले जीवनभरि एक जवान प्रेमी चाहिन् । सायद राजा अन्य नगरवधुतिर लाग्दा पिंगलाले प्रेमको अभाव महसुस गरेकी थिइन् । आफूलाई असाध्यै मूल्य दिने र माया गर्ने सैनिक नै जवान होस् भन्ने उनको चाहना रह्यो । उनी सधैँ यौवनावस्थामा हुन्थिन् भने यस्ता सैनिक प्रेमीको कमी हुने थिएन । हुन सक्छ, उनका लागि सैनिकको प्रेम ठूलो भयो । अर्कोतिर, राजाले फल नगरवधुलाई नै दिन सक्थे, सायद उनले यौन र प्रेममा वैधानिकता चाहे ।

यो त कथा हो, तपाईं यसमा अनेक तर्क गर्न सक्नुहुन्छ । कुरा स्पष्ट छ, प्रेम र यौन हाम्रो जैविक आवश्यकता हो । अब प्रश्न उठ्छ– कुन प्रेम, कस्तो प्रेम ?

यसमा हामी अनेक शब्द, ठुल्ठूला तर्क वा सिद्धान्तमा फस्न आवश्यक छैन । माया–मोह भन्नुस् वा प्रेम नै भन्नुस् । सामान्य सिद्धान्त यही हो, प्रेम दुई प्रकारका हुन्छन्– यौनजन्य र यौनरहित ।

सामान्यतः एउटा मान्छे अर्को मान्छेप्रति किन आकर्षित हुन्छ ? किनभने, उसलाई त्यस्तो व्यक्तिको अभाव छ, वा आवश्यकता छ । एउटा मान्छे अर्को मान्छेलाई मन पर्छ– साथीका रूपमा, असल मान्छेका रूपमा, असल प्रेमी वा प्रेमिकाको रूपमा, असल यौन सहकर्मी आदि रूपमा ।

आफूले खोजेको व्यक्ति कस्तो हुने भन्ने मानक वा माग हामीले पहिले नै दिमागमा बोकेर हिँडेका छौँ । जब त्यो मिल्न जान्छ, अनि हामीलाई व्यक्ति मन पर्न थाल्छ ।

अब अनुहार हेर्दै किन रिस उठ्छ भन्ने प्रश्नको जवाफमा जाऊँ । तपाईं एकछिन विचार गर्नुस् त– कस्तो मुख बनाएर बोल्ने, कसरी हाँस्ने, कसरी हिँड्ने, कस्तो लवाइखवाइ भएको, कस्ता कुरा गर्ने मान्छे तपाईंलाई मनपर्छ वा मनपर्दैन ?

कोही मान्छेको अनुहार हेर्दै हामीलाई रिस उठ्न पनि सक्छ, यस्तो किन हुन्छ ? यो प्रश्नको जवाफमा जानुअघि केही पृष्ठभूमि बुझ्न आवश्यक छ । सामान्यतः हरेक व्यक्ति उमेरसँगै प्रेमी (प्रेम गर्ने) हुन्छ, अर्थात् उसको हृदयमा विपरीत लिंगीप्रति प्रेम पलाउन थाल्छ । र, हरेक व्यक्ति अनुभवसँगै मनोवैज्ञानिक हुन्छ, अर्थात् उसले अर्को मान्छेको अनुहारको भाव, शरीरको हाउभाउ, बोली–व्यवहार आदि नियालेर आफ्नै किसिमले धारणा बनाउँछ । यस्तो धारणा बनाउनुमा पनि पूर्वआग्रह, पूर्वमानक वा मान्यता जिम्मेवार हुन्छन् ।

अर्कोतिर, दुःखसुख, घमण्ड वा रिस, प्रेम र घृणा आदि सबैभन्दा पहिले नजानिँदो ढंगले मान्छेको अनुहारमा उत्रेको हुन्छ । यसमाथि हरेक मान्छेको आ–आफ्नै स्वभाव हुन्छ । त्यस स्वभावमा वर्ग, समाज, पारिवारिक अवस्था अनुसार जस्तो संस्कार मिसिन पुग्छ, सोही बमोजिम उसले व्यवहार व्यक्त गर्छ, अनुहारमा भाव ल्याउँछ । कसैकसैले ज्ञान, अनुभव, प्रशिक्षण वा साधनाले पनि आफ्नो अनुहारको भावमा नियन्त्रण गर्न सक्छन् । तपाईं हामी सामान्य मानिसले जति बल गर्दा पनि दुःखसुख, रिस–घृणा आदि भावलाई अनुहारमा उत्रनदेखि रोक्न सक्दैनौँ ।

अब अनुहार हेर्दै किन रिस उठ्छ भन्ने प्रश्नको जवाफमा जाऊँ । तपाईं एकछिन विचार गर्नुस् त– कस्तो मुख बनाएर बोल्ने, कसरी हाँस्ने, कसरी हिँड्ने, कस्तो लवाइखवाइ भएको, कस्ता कुरा गर्ने मान्छे तपाईंलाई मनपर्छ वा मनपर्दैन ?

यसरी मनपर्ने वा नपर्ने मान्छे भेटिनुअघि नै कसैको बोली–व्यवहार, रूपरंग, पोसाक आदिसँग तपाईं कुनै न कुनै रूपमा ठोकिनुभएको थियो । अथवा, कुनै व्यक्तिको बारेमा तपाईंलाई कसैले पहिले नै नकारात्मक वा सकारात्मक कुरा सुनाएका थिए र सोही बमोजिम तपाईंले धारणा बनाउनुभयो । तपाईंको दिमागमा त्यस व्यक्तिको रूप, आकृति, स्वर, अथवा उसबाट आएको गन्ध आदि रेकर्ड भएका छन् । कहिलेकाहीँ कुनै गन्ध नाकमा ठोकिएपछि, कुनै आवाज सुनेपछि वा आकृति देखेपछि धेरै पहिलेको कुनै घटना वा दृश्य तपाईंलाई याद हुन्छ, कारण पहिलेको त्यस घटना वा दृश्यलाई जनाउने कुनै कोड तपाईंको दिमागमा रेकर्ड छ । नियम यही हो– पूर्वधारणा वा मान्यताकै कारण तपाईंलाई कोही मान्छे देख्नेबित्तिकै मनपर्दैन वा मनपर्छ ।

घर–परिवारका सदस्यबीचको व्यवहार, एक व्यक्ति र अर्को व्यक्तिबीचको व्यवहार, छिमेकीबीचको व्यवहार, एउटा समुदाय र अर्को समुदायबीचको व्यवहार, राज्यले नागरिकलाई गर्ने व्यवहार, एक राज्यले अर्को राज्यलाई गर्ने व्यवहार– यसैले संसारमा प्रेम वा घृणा जन्माइरहेको छ ।

अब जाऊँ व्यवहारको सिद्धान्तमा । कोही मान्छे तपाईंलाई सुरुमा खासै मन परेको होइन, तर क्रमशः उसको व्यवहार मनपर्न थाल्यो । मानवीय जीवनमा व्यवहारको सिद्धान्त सबैभन्दा महत्त्वपूर्ण छ । सामान्यतः एउटा मान्छेले अर्को मान्छेको व्यवहार सजिलै बुझ्छ, त्यस व्यवहारलाई स्वीकार गर्नु र अस्वीकार गर्नु फरक कुरा हो । यही हो, सम्बन्धको खेल । यही खेल नियम र न्यायमा हुँदा संसारमा शान्ति र प्रेम मौलाउँछ । यही खेलमा नियम र न्याय तोडिँदा संसारमा लडाइँ, झगडा, वैमनश्यता, युद्ध भड्कन्छ ।

घर–परिवारका सदस्यबीचको व्यवहार, एक व्यक्ति र अर्को व्यक्तिबीचको व्यवहार, छिमेकीबीचको व्यवहार, एउटा समुदाय र अर्को समुदायबीचको व्यवहार, राज्यले नागरिकलाई गर्ने व्यवहार, एक राज्यले अर्को राज्यलाई गर्ने व्यवहार– यसैले संसारमा प्रेम वा घृणा जन्माइरहेको छ । यसो हुनुमा पनि हाम्रा पूर्वआग्रह, पूर्वधारणा वा पूर्वमान्यता जिम्मेवार हुन्छन् ।

आज हामीले आफ्नो फाइदाको मान्छेसँग मात्रै असल व्यवहार गर्छौं । अब प्रश्न उठ्छ, असल व्यवहार के हो ? के जसलाई जस्तो व्यवहार मनपर्छ, त्यस्तै व्यवहार गर्नु असल व्यवहार हो ? होइन । कसैलाई आफ्नो आर्थिक, सामाजिक, पदीय हैसियत अनुसारको व्यवहार मनपर्न सक्छ । तर, एउटा मानिसले अर्को मानिसलाई सबैभन्दा पहिले मानिसकै रूपमा सम्मानित व्यवहार गर्नुपर्छ, न कि उसको सामाजिक हैसियतका रूपमा । यहीँबाट सच्चा प्रेम सुरु हुन्छ ।

प्रेममा यौन मिसिनु जैविक आवश्यकताको कुरा हो । यसमा हामी केही फराकिलो हुनैपर्छ । प्रेमी–प्रेमिका र पति–पत्नी काम वा रोजगारीका सिलसिलामा एकअर्कादेखि टाढा छन् भने सबै राज्यले उनीहरूबीच भेट हुने वातावरणका लागि सुविधा दिनुपर्छ ।

अन्तमा, जब हामीले सामाजिक, आर्थिक, राजनीतिक, पदीय आदि हैसियतका आधारमा व्यवहार गर्छौं, त्यसले विभेद र वैमनश्यता जन्माउँछ । तपाईंलाई मेरा कुरा कस्तो लाग्यो ? वास्तवमा म व्यवहारमा कमजोर छु, आफ्नै कमजोरीमाथि चिन्तन गर्दा यो आलेख जन्मेको हो ।