कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न जिल्ला सदस्य जमिलको चेतावनी – Jaleshwortoday

कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न जिल्ला सदस्य जमिलको चेतावनी

 March 2, 2023  
bb

प्रेमचन्द्र झा
रौतहट, १८ फाल्गुण

जिल्ला समन्वय समिति राैतहटका एक सदस्यले कोषमा जम्मा रहेको  रकममा भाग बण्डा नगर्न चेतावनी दिएका छन ।
समितिकाे कोषमा रहेको एक करोड  दस लाख रुपैयाबाट ७० लाख रुपैया भाग बन्डा गर्न लागेको जिल्ला समन्वय समिति सदस्य मोजमिलले बताए । समन्वय समिति प्रमुख रामअयाेध्या यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले  केही दिन आगाडी गाेप्य बैठक बसि खर्च गर्न नहुने रकममा भाग बण्डा गरेकोमा आपति प्रकट गरेका हुन ।पछिल्लो कार्यकाल जस्तो  १२ करोड अनियमितता  यश पालि हुन नदिन सदस्य जमिलले बताएका छन । सो अनियमित खर्चको अनुमाेदन  आज विहिबार हुन लागेको जिल्ला सभा बैठकमा समेत पेश हुने उनले दाबी गरेका हुन । यश सम्बन्धमा समन्वय समितिका प्रमुख राम अयाेध्या प्रसाद यादवले काेषकाे रकम भागबण्डा गर्ने पक्षमा आफु पनि नरहेको बताए ।