प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण – Jaleshwortoday

प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण

 March 28, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ चैत्र

बलिउड अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छाड्नुको कारण खुलाएकी छन् । हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफू दिक्क भएको र त्यहाँको कामबाट समेत सन्तुष्ट नभएको उनले बताएकी छन् ।

अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले धेरै विषयमा कुरा गरिन् । बलिउडदेखि हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिका बस्ने निर्णय, निक जोनससँगको प्रेम सम्बन्ध, पुरुष कलाकारको तुलनामा कम पैसा पाउने जस्ता धेरै विषयमा प्रियंकाले आफ्ना अनुभव बाँडेकी छन् । अभिनयदेखि गायनसम्मको आफ्नो यात्राको बारेमा पनि उनले बताएकी छन् ।

प्रियंकाले त्यतिबेला आफू बलिउडबाट बाहिरिने बाटो खोजिरहेको बताइन् । यस्तो अवस्थामा संगीतकै कारण विश्वका अन्य भाग घुम्ने मौका पाएको उनको अनुभव छ । बलिउडमा आफूले पाएको कामबाट सन्तुष्ट नभएको उनको दाबी छ । ‘यस्तो अवस्थामा गीत गाउने मौका पाएपछि बलिउड छाडेर अमेरिका गएँ,’ उनले भनिन् । सन् २०१२ मा ‘इन माइ सिटी’बाट गायन करिअर सुरु गरेकी प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग विवाह गरिन् र अमेरिकामै बस्न थालिन् । गत वर्ष उनी आमा बनिन् ।