गौशालामा मालपोत र नापी कार्यालयको सेवा सुचारुका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र – Jaleshwortoday

गौशालामा मालपोत र नापी कार्यालयको सेवा सुचारुका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 August 2, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ श्रावण

महोत्तरीकाे गौशाला नगरपालिकामा २०७८ चैत २२ गते नेपाल सरकारले गौशालामा स्थापना भएको एकीकृत सेवा केन्द्र अन्तर्गत मालपोत र नापी कार्यालयको यथासिघ्र सेवा सुचारुका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाई्एको छ ।

सोमबार प्रधानमन्त्री कार्यालय पुगेका महोत्तरीका सर्वदलीय टोलीको तर्फबाट नेपाली कांग्रेसका नेता एबम पुर्वसभासद सीताराम भण्डारीले सो ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाईं बुझाईएको हो ।

गौशालाबाट आएको पूर्वसभासद, जनप्रतिनिधी, व्यापारी तथा राजनितीकदलका प्रतिनिधीहरुले सो ज्ञापनपत्र बुझाएको हो ।

गौशाला नगरपालिका नगर प्रमुख डा.दिपेन्द्र महतो,औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का,सोनमा गाउँपालिका गाउपलिका अध्यक्ष बिशेस्वर यादव लगायत राजनीति दल, ब्यपारीवर्गहरु लगायतका टोलीले छिटो भन्दा छिटो नापी र मालपोतको सेवा गौशालाबाट संचालन गर्नुपर्ने सो भेटको क्रममा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

यता रामगोपालपुर नगरपालिका र सम्सी गाउपालिकाको सेवा रामगोपालपुरबाट संचालन गर्नका लागि प्रधानमन्त्री समक्ष जानकारी गराईएको टोलीमा सहभागी पुर्व साँसद गिरीराजमणि पोखरेलले जानकारी गराएका छन् । भेटको क्रममा प्रधानमन्त्रीले सकभर चाँडै नै सेवा संचालनमा आउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।