नेपाली फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग खेल्ने – Jaleshwortoday

नेपाली फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग खेल्ने

 September 10, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ भाद्र

नेपाली राष्ट्रिय फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

बेलायतको तेस्रो श्रेणीको टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच २०२४ को अप्रिल र मेभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार बसेको आकस्मिक कार्यसिमतिको बैठकले उक्त निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘बेलायतको राष्ट्रिय टिमको ए ,बी, सी क्याटेगोरी भन्ने हुन्छ, त्यसमा हामीले सी क्याटेगोरीको टोलीसँग खेल्ने निर्णय भएको हो’, एन्फा प्रवक्ता शाहले भने ।