१० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिन्ःमेसी – Jaleshwortoday

१० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिन्ःमेसी

 November 27, 2020  
Messi

जलेश्वरटुडे समाचारदाता
काठमाडौंं, ११ मंसिर

‘म्याराडोना तिमी कुन ग्रहबाट हौं ?’ सन् १९८६ को विश्वकप सेमिफाइनलमा म्याराडोनाले इङल्यान्डका ६ खेलाडीलाई छक्याएर गोल गरेलगत्तै उरुग्वेली टेलिभिजन कमेन्टेटर हुुगो मेरालेसले सोधेका थिए ।
म्याराडोनाको यो गोल ‘गोल अफ दि सेन्चुरी’ नामले विख्यात छ र विश्वकप इतिहासकै सर्वाधिक उत्कृष्ट गोल मानिन्छ । ६० वर्षको उमेरमा गत बुुधबार हृदयघातले निधन भएका म्याराडोनाबारे अन्य खेलाडीहरुको दृष्टिकोण, उनीहरुकै शब्दमा (लियोनल मेसी– १० लाख वर्षसम्म खेलेपनि म कहिल्यै म्याराडोना नजिक आउन सक्दिनँ । उनी अहिलेसम्मकै महान् खेलाडी हुन् ।
कलार्लोस् टेभेज– डिएगो म्याराडोना अर्जेन्टिनीहरुका भगवान् हुन् र उनी सधैं भगवान् रहनेछन् । माइकल प्लाटिनी– जिनेदिन जिदानले बलमार्फत जे गर्नसक्छन्, म्याराडोनाले त्यो सुन्तलामार्फत नै गर्छन् । जिको– उनी उत्कृष्ट हुन्, कुनै प्रश्न छैन । मैले म्याराडोनाले त्यस्तो खेलेको देखेको छु, जसलाई देख्दा यो सम्भव छ र भन्ने दुविधा भगवानरु्लाई पनि हुनसक्छ । फ्रान्को बारेसी– जब म्याराडोनामा लयमा थिए, त्यतिबेला उनलाई ठाउँ कुनै बाटो नै थिएन ।
एरिक क्यान्टोन–पेल र म्याराडोनाबीचको महत्त्वपूर्ण फरक भनेको म्याराडोना उत्कृष्ट खेलाडीबाट घेरिएका थिएनन्, उनले आफैंले टिमको जिम्मेवारी लिनुपरेको थियो । यदि, तपाई अर्जेन्टिनाको टोलीबाट म्याराडोनालाई निकाल्नुुभयो उनीहरुको विश्वकप जित्न सक्दैनथें होलान् । तर, मलाई लाग्छ ब्राजिलले पेले बिना पनि जित्नसक्थ्यो ।