दीपिका पादुकोणलाई शर्लिन चोपडाले भने ‘माल फुकेर डिप्रेशनको नारा’ – Jaleshwortoday

दीपिका पादुकोणलाई शर्लिन चोपडाले भने ‘माल फुकेर डिप्रेशनको नारा’

 October 12, 2020  
Blue

जलेश्वरटुडे समाचारदाता
काठमाडौंं, २६ आश्विन

बलिउड अभिनेत्री कंगना रनौतले लागूपदार्थको सम्बन्धमा बलिउडमाथि लगाएको आरोपको समर्थनमा अभिनेत्री शर्लिन चोपडाले समेत साथ दिएकी छिन् । उनले क्रिकेटर र अरु पनि सुपरस्टारका पत्नीहरुले समेत लागूपदार्थ सेवन गर्ने गरेको आरोप लगाएकी छिन् ।

उनले हालै विश्व मानसिक दिवसको अवसरमा अभिनेत्री दीपिका पादुकोणमाथि कटाक्ष गरेकी छिन् ।

कंगना रनौतले ट्विटमा ‘हामीले मानसिक स्वास्थ्यलाई लिएर जागरुकता फैलाउनका लागि फिल्म बनाएका हौँ । अदालतले ती व्यक्तिहरुलाई डाक्यो जसले डिप्रेशनको पसल खोलेका थिए । मिडियाले ब्यान गरेपनि र फिल्म रिलीज हुनुभन्दा केही समय अगाडि फिल्मको नाम परिवर्तन गरिएको भएपनि फिल्मको व्यापार कम भएपनि फिल्म निकै राम्रो भएकाले मानसिक स्वास्थ्य दिवसको दिनमा ‘जजमेन्ट है क्या’ फिल्म हेर्न अनुरोध गर्छु’

उक्त ट्विट शर्लिन चोपडाले रिट्विट गर्दै लेखेकी छिन्, ‘कंगना जी, तपाईंले सही भन्नुभयो । यी मान्छेहरु माल फुकेर डिप्रेशनको नारा लगाउँछन् । र देशका युवा पिढीँलाई अन्धकारमा धकेल्छन् । दुई छाक खान मजदुर बिहान बेलुका मजदुरी गर्छन् । के उनीहरुमा डिप्रेशन छैन ? के डिप्रेशनबाट बच्न मालको सेवन गर्ने हो ?’